मुख्य समाचार
नेपालमा ४३ वर्षपछि बटुवा चरा गाजले भुइँरविन देखिएको छ
नेपालमा ४३ वर्षपछि बटुवा चरा गाजले भुइँरविन देखिएको छ

— नेपालमा ४३ वर्षपछि बटुवा चरा गाजले भुइँरविन देखिएको छ । उक्त चरा पूर्वी नवलपरासीको अमलटारीस्थित नारायणी नदी छेउमा शनिबार देखिएको हो ।

चरा अवलोकन गर्ने क्रममा नेचर गाइडहरू मान चौधरी, मनीष महतो, अमृत महतो, दिनेश महतो र कञ्चन महतोले उक्त चरा देखेका थिए ।

भारतमा जाडोका बेला आउने आगन्तुक यो चरा बच्चा कोरल्न आफ्नो थातथलोमा फर्कने क्रममा नेपालतिर आराम गर्न रोकिएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । यो चरा चीन, मंगोलिया र साइबेरियातिर जाने क्रममा यहाँ रोकिएको हुन सक्ने उनको भनाइ छ ।

नेपालको बाटो भएर गन्तव्यतिर जाने क्रममा आराम गर्न वा बस्न दुई/चार दिन रोकिने चरालाई बटुवा भनिन्छ । भुइँमा बस्न बढी रुचाउने रविन परिवारको चरा हुँदा यसलाई भुइँरविन नामकरण गरिएको हो । यो खुला मैदान, ढुंगे जमिन र खेतबारीमा बस्न मन पराउँछ ।

यसअघि गाजले भुइँरविन सन् १९८३ अप्रिल १ मा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा बेलायती चराविद्, लेखक तथा चराका चित्रकार क्लाइव बायर्स र बेलायती चराविद् आलन आदम्सले पहिलो पटक देखेका थिए । त्यसयता उक्त चराको अभिलेख नेपालमा हुन सकेको थिएन । पहिलोपटक नेपालमा उक्त चरा देख्ने विश्व प्रसिद्ध चराका चित्रकार आयरल्यान्डका नागरिक वायर्सको गत मार्च ४ मा बेलायतमा मृत्यु भएको थियो । अर्का चराविद् आदम्सको पनि मृत्यु भइसकेको छ ।

बच्चा कोरल्ने समयमा भालेको भाग नीलोफ्रुस्रो, अनुहारको पाटा कालो तथा फिक्का सुन्तले छाती देखिन्छ । बच्चा कोरल्ने समयमा पोथीको माथिल्लो भाग फुस्रोफुस्रोदेखि पीतरहित खैरो, कण्ठमा गाढा फुस्रो र पुच्छर सेताम्य हुने वाइल्डलाइफ फोटोग्राफर सञ्जय श्रेष्ठले बताए । नेपालमा ९ सय ३ चराको अभिलेख भएको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पेस गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई केहीबेर अघि अदालत पेस गरिएको छ । आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको ...
: गृहमन्त्री सुधन गुरुङले मनसुन पूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटलाई पूर्ण (तीन न्यायाधीश)को इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । सोमबारबाट सुरु ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा पनि बोलेको बताए। 'हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो,' सञ्चारकर्मीको प्रश्नमा उनले ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् । आज बसेको नेकपा संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । ‘संसदीय दलको बैठकले संयोजकलाई नेताको रुपमा चयन गरेको छ,’ दाहालका स्वकीय सचिव गोविन्द आचार्यले भने । बैठकमा दाहालले नेकपाले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताए । नेकपाले प्रतिनिधिसभा ...