मुख्य समाचार
हर्मुज जलघाँटीबाट मार्च महिनामा १ सय ५० जहाजमात्रै पार
हर्मुज जलघाँटीबाट मार्च महिनामा १ सय ५० जहाजमात्रै पार

— युद्ध सुरू भएयता इरानले हर्मुजको जलघाँटीमा निरन्तर अवरोध गर्दै आएको छ । तर केही जहाजहरुलाई अनुमति लिएर बाहिर निस्कन दिएको छ । जस्तो, पाकिस्तानका २० वटा जहाजलाई हर्मुजमा आवत–जावत गर्न इरान सरकारले भर्खरै अनुमति लिएको छ । सम्झौताअनुसार दैनिक २ वटा पाकिस्तानी जहाज हर्मुज हुँदै निस्कन पाउनेछन् ।

इरान सरकारले राजश्व तिरेपछि हर्मुजबाट ‘शत्रु देशबाहेक’ अन्य देशका जहाज बिना अवरोध निस्कन पाउने रणनीति बनाएको छ ।

अमेरिका–इजरायल र उनीहरुका सहयोगी देशका जहाजलाई भने हर्मुज क्षेत्रबाट निस्कने अनुमति छैन । इरानको संसद्ले नै हर्मुज जलघाँटीबाट निस्कने जहाजसँग राजश्व शुल्क लिने विषयमा कानुन बनाउँदैछन् ।

अलजजिरामा प्रकाशित पछिल्लो समाचारअनुसार मार्च महिनामा झन्डै १ सय ५० वटा जहाजमात्रै हर्मुजबाट निस्किएका छन् । जबकी, युद्ध सुरु हुनअघि दैनिक १ सयदेखि १ सय ३८ जहाजहरुले हर्मुज क्षेत्रमा आवत–जावत गर्ने गरेको संयुक्त समुद्री सूचना केन्द्रलाई उद्रृत गर्दै बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

युद्ध सुरु हुनअघि वैश्विक खपतको कुल २० देखि २२ प्रतिशत कच्चा तेल र प्राकृतिक ग्यास मार्ग हुँदै निस्कन्थ्यो । तर अहिले हर्मुज सुनसान छ । ढुवानी विश्लेषक कम्पनी केप्लरले उपलब्ध गराएको तथ्याङ्क नियाल्दा दैनिक ५ देखि ६ वटा जहाजमात्रै यहाँबाट निस्किएको देखिन्छ ।

ती जहाजमध्ये धेरैजसो इरानका जहाज हुन् । केही जहाजहरु चीनका छन् । त्यस्तै ६ वटा भारतीय जहाज पनि यहाँ हुँदै आएका छन् । केही पाकिस्तानी जहाज छन् । पश्चिममा देशका जहाजहरु इरानका बन्दरगाहमा बसेका छन् ।

जलमार्ग पार गर्ने जहाजहरुले पनि विगतको दाँजोमा फरक बाटो प्रयोग गरेका छन् । १५ मार्चमा जलघाँटी हुँदै आएको पाकिस्तानको एक तेल ट्यांकरको ट्रयाकिङ तथ्यांकले उक्त ट्यांकर इरानको तट नजिकबाट आइरहेको देखाउँछ ।

अमेरिकास्थित सेन्टर फर नेभल एनालाइसिसका माइकल कोनेलले सुरक्षाका कारण इरानले फरक बाटो प्रयोग गर्न निर्देशन दिएको हुनसक्ने बताए ।

यसअघि इरानले हर्मुज जलक्षेत्रमा पानीमुनी बम बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको थियो । त्यहीकारण यस जलमार्गमा सबै रुट सुरक्षित नहुनसक्छन् ।

द्वन्द्व सुरु भएदेखि इरानले कम्तिमा २० वटा व्यावसायिक जहाजहरूमाथि आक्रमण गरिसकेको छ । ११ मार्चमा, थाई झण्डा भएको बल्क क्यारियर मयुरी नारीलाई हर्मुजबाट गुज्रने प्रयास गर्दा दुईवटा इरानले आक्रमण गरेको थियो ।

२३ जना चालक दलका सदस्यहरूमध्ये तीन जना अझै बेपत्ता छन् । त्यही दिन अमेरिका र ग्रिसको स्वामित्वमा रहेका दुईवटा जहाजमा पनि आक्रमण भएको थियो ।

किङ्स कलेज फ्रीम्यान एयर एण्ड स्पेस इन्स्टिच्युटका अरुण डसन भन्छन्, ‘ हर्मुज क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र, द्रुत आक्रमणकारी डुङ्गा र सम्भावित बारुदी सुरुङजस्ता खतराहरूको मिश्रणले गम्भीर चुनौती प्रस्तुत गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...