मुख्य समाचार
ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता
ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

— पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।

आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको र दर्ता हुँदै सोमबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।

उनले अदालतबाट पक्राउ अनुमति समेत नलिएको र जरुरी पक्राउ पुर्जी जारी गरिएको कार्य असंवैधानिक भएको जिकीर गरेकी छन् । प्रधानमन्त्री भइसकेका ओली भाग्ने वा प्रमाण नष्ट गर्ने जस्तै कुनै काम नगर्ने अवस्थामा पनि अनुसन्धान नै सुरु नभएको अभियोगमा पक्राउ गरिएकाले रिहा हुनुपर्ने जिकीर शाक्यले गरेकी छन् ।

उनका अनुसार यसअघि अर्को पनि रिट पेस भएको थियो । शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनीमाथि २३ र २४ भदौमा भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको हो । पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उनलाई भर्चुअल माध्यमबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । उनलाई १० दिन हिरासतमा सरकारी वकिलले माग गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरेका छन् ।

उनी र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध म्याद थप गर्ने नगर्ने विषयमा अदालतले आदेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: न्यूजिल्याण्ड पुर्‍याउने आशा देखाएर १६ लाख बढी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१९ का ३८ वर्षीय रिजेन नगरकोटी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। २ जना पीडितबाट १६ लाख ३० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले ...
— सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पेस गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई केहीबेर अघि अदालत पेस गरिएको छ । आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको ...
: गृहमन्त्री सुधन गुरुङले मनसुन पूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटलाई पूर्ण (तीन न्यायाधीश)को इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । सोमबारबाट सुरु ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा पनि बोलेको बताए। 'हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो,' सञ्चारकर्मीको प्रश्नमा उनले ...