— नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई सर्वोच्च अदालतमा स्वागत गरिएको छ ।
नेपालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरूले मन्त्री गौतमलाई आइतबार सर्वोच्च अदालतमा स्वागत गरेका हुन् ।
गौतम शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएकी थिइन् । उनलाई सर्वोच्च अदालतले आइतबार स्वागत गरेको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्को सदस्य कानुनमन्त्री हुने गर्छ ।