: नयाँ बानेश्वरमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको हो।
माइतीघरबाट बानेश्वरतर्फ गइरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। एमाले कार्यकर्ताहरूले नेपाली कांग्रेसका नेता रमेश लेखको पनि रिहाइ माग गर्दै आएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धमा गठित गौरीबहादुर कर्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी कसूरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको छ।
ओली स्वास्थ्य समस्याका कारण महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरीको महाराजगन्जस्थित गणमा राखिएको छ।