मुख्य समाचार
त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले हरा
त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले हरा

: प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत कुशल मल्लको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले हराएको छ । यो जितसँगै आर्मी प्रतियोगितामा अविजित रहेको छ । यससँगै आर्मी ४ खेलबाट ३ जित र १ खेलमा अंक बाँड्दै ७ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।


माथिल्लो मूलपानी मैदानमा मैदानमा भएको ओसका कारण खेल २८ ओभरमा घटाइएको थियो । जसमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २८ ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । बागमतीले दिएको २०९ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २७.५ ओभरमा ७ विकेट गुमाउँदै २१० रनसहति लक्ष्य पूरा गरेको हो ।


अन्तिम ओभरमा १३ रन चाहिएको थिया अन्तिम २ बलमा ५ रन चाहिएको अवस्थामा अन्तिम ओभरको पाँचौं बलमा रिजन ढकाललाई छक्का प्रहार गर्दै खेल आर्मीको पोल्टामा पारेका हुन् । आर्मीको जितमा कुशल मल्लले उत्कृष्ट ९० रनको अविजित पारी खेले। उनले ५८ बलमा ३ चौका ८ छक्का प्रहार गरे।



ओपनरब्याटर तृतराज दासले ५४ रनको अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुन साउदले १४ र नरेन साउदले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका लागि इशान पाण्डे र विवेक मगरले २-२ विकेट लिए । रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको बागमतीको लागि ओपनर आशुतोष घिरौयाले सर्वाधिक ३८ रन बनाए । उनले ३६ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर शुभ कंसाकरले १५, पवन थापाले ३५, विवेक मगरले ३० र प्रतिश जिशीले २८ रन बनाए । कप्तान सन्दीप लामीछाने र सोनु देवकोटा क्रमशः ३० र २१ रनमा अविजित रहे । त्रिभुवन आर्मी क्लबका लागि नरेन साउदले ४ विकेट लिए । साहब आलम, दुर्गेश गुप्ता र वसिर अहमदले १–१ विकेट लिए ।

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २२ रनले हराएको थियो । दोस्रो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो । तेस्रो खेल एपीएफसाग वर्षाका कारण रद्द भएको थियो । बागमतीले यसअघिको ३ खेलमा २ हार १ जित दर्ता गरेको थियो । बागमी पहिलो खेलमा एपीएफसँग ७१ रनको हार बेहोरेको थियो । दोस्रो देलमा गण्डकीलाई १७० रनले हराएको थियो । तेस्रो खेलमा नेपाल पुलिस क्लबसँग ७ विकेटको हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम