मुख्य समाचार
कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात स्थानीय तहलाई ३ करोड ४० लाख रुपैयाँ अनुदान दिने निर्णय
कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात स्थानीय तहलाई ३ करोड ४० लाख रुपैयाँ अनुदान दिने निर्णय

— कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात स्थानीय तहलाई ३ करोड ४० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकालाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार डिजिटल प्रविधि, सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य र उद्यम विकासमा रूपान्तरण ल्याउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको हो। उनका अनुसार परियोजनाहरू स्थानीय आवश्यकता र प्रविधिमैत्री सेवा विस्तारलाई केन्द्रमा राखेर छनोट गरिएका छन्।

प्रदेश सरकारका अनुसार सानीभेरी गाउँपालिकालाई ‘डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा प्रवाह’ कार्यक्रमका लागि ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

शारदा नगरपालिकामा ‘एकीकृत डिजिटल सेवा तथा सूचना व्यवस्थापन प्रणाली’ का लागि पनि ४२ लाख रुपैयाँ छुट्याइएको छ। चौरजहारी नगरपालिकामा ‘डिजिटल कक्षाकोठा व्यवस्थापन परियोजना’ सञ्चालनका लागि ५४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ भने नारायण नगरपालिकालाई ‘व्यवसायिक उद्यम विकास परियोजना’ का लागि ५४ लाख ५१ हजार ७ सय रुपैयाँ प्रदान गरिनेछ।

मुगुम कार्मारोङ गाउँपालिकामा ‘डिजिटल नवप्रवर्तनमा आधारित सामुदायिक अस्पताल सुदृढीकरण कार्यक्रम’ का लागि सबैभन्दा बढी ७५ लाख रुपैयाँ छुट्याइएको छ। नलगाड नगरपालिकामा ‘प्रविधिमैत्री एकीकृत सेवा प्रवाह केन्द्र’ का लागि २२ लाख ८८ हजार ३ सय रुपैयाँ विनियोजन गरिएको छ भने रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ कार्यक्रमअन्तर्गत ४९ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

प्रदेश सरकारले यी परियोजनामार्फत स्थानीय तहमा प्रविधिको प्रयोग विस्तार गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरेको जनाएको छ। नवप्रवर्तनमार्फत स्थानीय आर्थिक गतिविधि सुदृढ पार्दै रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वाससमेत गरिएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णयसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।