: सुनसरीको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास गरिएको छ। आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
भारत सरकारको १६.४ करोड रुपैयाँको आर्थिक सहयोगमा केन्द्रको निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरेका छन्। यो नयाँ संरचनाले नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्।
नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।