मुख्य समाचार
धनकुटामा आउँदो चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा
धनकुटामा आउँदो चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा

— धनकुटामा आउँदो चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष जिल्लाबाट कुल २ हजार ६ सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाका अनुसार नियमित साधारण धार, साधारण ग्रेड वृद्धि, नियमित प्राविधिक तथा प्राविधिक ग्रेड वृद्धितर्फका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। तीमध्ये नियमित साधारण धारतर्फ २ हजार ८५ जना छन् भने साधारण धारको ग्रेडवृद्धि परीक्षामा ४ सय ४५ जना सहभागी हुँदैछन्। यस्तै, नियमित प्राविधिक धारतर्फ १ सय ४ जना विद्यार्थी छन् भने प्राविधिक ग्रेडवृद्धि परीक्षामा दुई जनाले मात्रै सहभागिता जनाउनेछन्।

गत वर्ष धनकुटाबाट २ हजार ५ सय ३६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या सामान्य वृद्धि भए पनि नियमिततर्फको सहभागिता भने क्रमशः घट्दै गएको इकाइले जनाएको छ।

परीक्षा सञ्चालनका लागि जिल्लामा ११ वटा केन्द्र तोकिएका छन्। साँगुरीगढी गाउँपालिकाको पुण्य मावि राजारानी र ग्रामीण जनता मावि नाम्जे, सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि आँखीसल्ला, पाख्रिबास नगरपालिकाको जाल्पादेवी मावि, छथर जोरपाटी गाउँपालिकाको सरस्वती मावि सिधुवा तथा महालक्ष्मी नगरपालिकाको जनता मावि जितपुर र सरस्वती मावि चानुवा परीक्षा केन्द्र तोकिएका छन्।

त्यस्तै, धनकुटा नगरपालिकाभित्र हिले मावि, भाषा मावि कागते, गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार र चुलिबनस्थित त्रिवेणी माविमा पनि परीक्षा सञ्चालन हुनेछ। धनकुटाका ११ वटा परीक्षा केन्द्रमध्ये ठाकुरदेवी मावि केन्द्रमा सबैभन्दा बढी ३ सय ८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । यस्तै सरस्वती मावि चानुवामा केन्द्रमा सबैभन्दा कम ९९ जना मात्र छन्। नियमिततर्फ सबैभन्दा कम विद्यार्थी छथर जोरपाटी ३ स्थित दामोदर माध्यमिक विद्यालयका ६ जना छन्। विद्यालयगत रूपमा भने गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका १०१ जना विद्यार्थी सहभागी हुनेछन्।

धनकुटाका छवटा स्थानीय तहमा प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययन हुँदै आएको छ। महालक्ष्मी नगरपालिकाको जनता मावि जितपुरमा पशु विज्ञान, छथर जोरपाटीको चुलाचुली माविमा कृषि, चौबिसेको शारदा माविमा सिभिल इन्जिनियरिङ, साँगुरीगढीको भानु मावि डाँडाबजारमा इलेक्ट्रिकल इन्जिनियरिङ, सहिदभूमिको पञ्चकृष्ण मावि खोकुमा कृषि विज्ञान तथा धनकुटा नगरपालिकाको त्रिवेणी माविमा कम्प्युटर विज्ञान विषय अध्यापन भइरहेको छ।

इकाइ प्रमुख इन्दिरा खड्का बुढाथोकीका अनुसार परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सम्बन्धित केन्द्रहरूमा पुर्‍याइसकिएको छ । प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जनाइन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।