मुख्य समाचार
छिनछिनमा विद्युत आउने/जाने (ट्रिपिङ) गरे पनि गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ
छिनछिनमा विद्युत आउने/जाने (ट्रिपिङ) गरे पनि गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ

— हावाहुरी, पानी र विभिन्न अवस्थामा छिनछिनमा विद्युत आउने/जाने (ट्रिपिङ) गरे पनि गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङ समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्यांकअनुसार विद्युत ट्रिपिङको दर र बिजुली अवरुद्ध समय उल्लेख्य मात्रामा घटेको हो । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत जाने (ट्रिपिङ) दर र बिजुली अवरुद्धको समय उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङ समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

तथ्यांकले नै बिजुलीको विश्वसनीयता उल्लेख्य वृद्धि भएको देखाउने उनको भनाइ छ । गत आर्थिक वर्षको फागुनमा ६६.३२ पटक ट्रिपिङ भएको थियो । उक्त अवधिमा ३२.१७ घण्टा विद्युत अवरोध भएको थियो ।

चालु आर्थिक वर्षको फागुनमा ४७.७१ पटक मात्रै ट्रिपिङ भएको प्राधिकरणको तथ्यांक छ । फागुनमा ट्रिपिङ हुँदा १२.५५ घण्टा मात्रै विद्युत अवरोध भएको छ । चालु आर्थिक वर्ष सबैभन्दा बढी साउन र भदौमा ट्रिपिङ र बिजुली अवरुद्धको अवधि दुवै सबैभन्दा धेरै छ ।

साउनमा १२६ पटक ट्रिपिङ हुँदा ४४.८७ घण्टा बिजुली अवरोध भएको थियो । भदौमा ११५.१५ पटक ट्रिपिङ हुँदा ४१.३८ घण्टा बिजुली अवरुद्ध भएको थियो ।

विद्युतको ट्रिपिङ दर र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत ग्राहकलाई राहत भएको शाक्यको भनाइ छ । ‘एकपटक पनि बिजुली जाँदैन भन्न सकिन्न । यो एकैपटक पनि हुँदैन । बिस्तारै हुन्छ,’ उनले भने, ‘पहिलाको तुलनामा बिजुलीको गुणस्तर वृद्धि भएको छ, विद्युतीय उपकरण प्रयोग बढाउन आग्रह गर्छौं ।’ पश्चिम एसियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र ग्यास आयातमा असर पर्ने भनिरहँदा शाक्यले विद्युतीय उपकरण प्रयोग बढाउन उपभोक्तालाई आग्रह गरे ।

प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटाएर गरेको व्यवस्थापनका कारण यो सम्भव भएको शाक्य बताउँछन् । ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्यत्र सार्नेलगायतका काममा प्राधिकरण निरन्तर खटिरहेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।