: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्।
पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा पनि बोलेको बताए। 'हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो,' सञ्चारकर्मीको प्रश्नमा उनले भने।
संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक पूर्वाग्रह नराखी अनुसन्धान हुनुपर्ने बताए। उनले राजनीतिक पूर्वाग्रह नराखी स्वतन्त्र ढंगले छानबिन हुनुपर्ने सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै सरकारले शनिबार जारी गरेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको बताए। उनले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारको विषय पढेर प्रतिक्रिया दिने बताए।