मुख्य समाचार
नेपालले बंगलादेशको सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो
नेपालले बंगलादेशको सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो

— नेपालले बंगलादेशको सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएको छ ।

डेली स्टार अनलाइनका अनुसार क्षेत्रीय सम्पर्क, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई देशबीच सहकार्य बिस्तार गर्ने विषयमा पहल गरिएको हो ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले राजधानी ढाकामा बंगलादेशकी नागरिक उड्डयन तथा पर्यटनमन्त्री अफरोजा खानम रिता र राज्य मन्त्री एम. रशिदुज्जमान मिल्लतसँग शिष्टाचार भेट गर्दै उक्त विमानस्थलमा नेपालले उडान गर्न चाहेको भन्दै चासो व्यक्त गरेका हुन् ।

त्यस अवसरमा दुवै पक्षले नेपाल–बंगलादेश सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका छन् । भेटमा नेपाली पक्षले नेपालको विमानन तथा पर्यटन क्षेत्रको विकासमा बंगलादेशको सहयोगको अपेक्षा राख्दै सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नुको महत्त्व औंल्याएको बताइएको छ ।

त्यसैगरी, ढाका–काठमाडौं मार्गमा हवाई भाडा उचित स्तरमा निर्धारण गर्ने विषयमा पनि बिस्तृत छलफल भएको जनाइएको छ । यसले यात्रु आवागमन सहज बनाउन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

दुवै पक्षले पर्यटन क्षेत्र बिस्तार तथा आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक धारणा व्यक्त गर्दै भविष्यमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता गरेको बंगलादेशको डेली स्टारले अनलाइनमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।