: मोरङ र ललितपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन्। मोरङको विराटनगर महानगरपालिका-२ जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४५ रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-१४ नखिपोटमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ र २४ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।