मुख्य समाचार
तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित
तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित

: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् ।


प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब समेत पाउन सकेका छैन । ३ दिनभित्र माग सम्बोधन नभए चरणबद्ध रुपमा थप आन्दोलन गर्ने प्रअ नारायण प्रसाद साहले ज्ञापनपत्र बुझाउँदै बताए।


उनका अनुसार तलब भत्ता, पाठ्यपुस्तक, छात्रवृत्ति, ननसेलरी, दिवाखाजा, विद्यालय व्यवस्थापन अनुदान, संघीय अनुदान र स्वयंसेवक शिक्षकहरु तलब नपाउँदा आउँदो शैक्षिक सत्र नै प्रभावित हुने देखिएको छ । तलब रोकिँदा जीविका धान्न, छोराछोरीको शुल्क र बैंकको ऋणको ब्याज तिर्न समेत समस्या भईरहेको उनले सुनाए । केही दिनअघि नगरपालिकाका कर्मचारीहरुले पनि खाता सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । यहाँ प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा छन् ।



झालाई केही दिन अगाडि मन्त्रालयले सरुवा गरेर खिम भुजेललाई पठाएको थियो । अनिवार्य अवकास हुन ६ महिना भन्दा कम भएकोले सरुवा नियम संगत नभएको भन्दै झाले सामान्य मन्त्रालयलाई विपक्षी बनाएर प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए । प्रशासकीय अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न निर्णय गरेका छन् ।

प्रशासकीय अदालतले निर्णय गरेपनि मन्त्रालयले नगरपालिकाको खाता रोक्का फुकुवा गरेको छैन् । फुकुवा नहुँदा नगरपालिकाको आर्थिक कारोबार ठप्प जस्तै छ । झालाई मन्त्रालयले मंसिर २१ गते निर्णय गरेर पुस २० गते सरुवा गरेका थिए । त्यसपछि माघ २९ गते अधिकृत झाले प्रशासकीय अदालत मुद्दा दर्ता गरेका थिए ।

नगरपालिकाको स्रोतका अनुसार नगर उपप्रमुख राम चलितर महतोले अधिकृत झालाई सरुवा गराउन तत्कालीन मन्त्रीलाई रास्वपाका नेताहरुबाट भनसुन गर्न लगाएका थिए । उपमेयर महतोले आफ्नो ‘इन्ट्रेस्ट’ हाकिम ल्याउन कसरत गरिरहेका छन् । उनी जसपाबाट गत स्थानीय तहमा उपमेयर चुनाव जितेका थिए । गत फागुनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

प्रशासकीय अधिकृतको झमेलाले गर्दा नगरपालिका दैनिक काम गर्न समस्या भईरहेको नगर प्रमुख महेश चौधरीले सुनाए । ‘यहाँका खाता रोक्का राख्नुपर्ने कुनै कारण छैन तर, राजनीति पूर्वाग्रह र दबाबले विवाद खडा गराइएको छ,’ उनले भने, ‘मन्त्रालयले चाँडै यो समस्या समाधान गर्दा विकास निर्माण लगायतका कार्य अगाडि बढ्ने छ ।’ आर्थिक वर्ष सुरु भईसकेको र सम्पन्न नहुँदै प्रशासकीय अधिकृत फेरि दिनु उचित नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
निर्वाशित तिब्बती सरकारले नेपालका नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई वधाइ दिएको छ