मुख्य समाचार
इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कार्प्स (आईआरजीसी) ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने धम्की
इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कार्प्स (आईआरजीसी) ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने धम्की

: इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कार्प्स (आईआरजीसी) ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने धम्की दिएको छ । आइआरजीसीले तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएको आक्रमणपछि यस्तो चेतावनी दिएको हो ।


आईआरजीसीले भनेको छ, ‘इरानी विश्व विद्यालयहरूमा भएका आक्रमणको बदला नलिएसम्म क्षेत्रभरिका विश्वविद्यालयहरू ‘वैध निशाना’ मानिने छन्।’ आइआरजीसीले चेतावनी दिँदै भनेको छ, ‘अमेरिकी विश्वविद्यालयका सबै कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपास बस्ने व्यक्तिहरूले सुरक्षाका लागि ती विश्वविद्यालयहरूबाट कम्तीमा एक किलोमिटर टाढा रहनुहोस् ।’


यसका लागि मंगलबार दिउँसो १२ः०० बजेसम्मको समय सीमा तोकिएको छ । इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागेइले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी (मध्य इरान) र तेहरानको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएका आक्रमणको निन्दा गरेका छन् ।

उनले अमेरिका र इजरायलले ‘विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक सम्पदा र प्रमुख वैज्ञानिकहरूलाई लक्षित गरेर देशको वैज्ञानिक आधार र सांस्कृतिक सम्पदालाई कमजोर पार्ने प्रयास गरिरहेको’ आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...