मुख्य समाचार
साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा अमेरिकी वायुसेनाको अत्यन्त महत्वपूर्ण ई-३ सेन्ट्री विमान ध्वस्त
साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा अमेरिकी वायुसेनाको अत्यन्त महत्वपूर्ण ई-३ सेन्ट्री विमान ध्वस्त

: साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा अमेरिकी वायुसेनाको अत्यन्त महत्वपूर्ण ई-३ सेन्ट्री विमान ध्वस्त भएको छ। 'अवाक्स' प्रणालीबाट सुसज्जित यो विमानलाई अमेरिकी सैन्य सञ्चालनको मेरुदण्ड मानिन्छ।


उक्त घटनाबारे अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले भग्नावशेषका तस्विरहरूलाई भू-उपग्रह (स्याटेलाइट) तस्विरहरूसँग तुलना गरेर पुष्टि गरेको छ। मार्च ११ को स्याटेलाइट तस्विरमा देखिएको स्थानमै अहिले विमानको जलेको अवशेष र यसको विशिष्ट पहिचान मानिने 'रोटेटिङ राडार डोम' भुईँमा खसेको अवस्थामा देखिएको छ।


यस आक्रमणमा परी कम्तीमा १० जना अमेरिकी सैनिक घाइते भएका छन्। यद्यपि, कुनै मानवीय क्षतिको खबर भने प्राप्त भएको छैन। आक्रमणमा वायुसेनाको एउटा ट्याङ्कर विमानमा पनि क्षति पुगेको स्रोतले जनाएको छ।


सेन्ट्री विमान केवल एउटा जहाज मात्र नभई आकाशमा उड्ने एक शक्तिशाली कमान्ड सेन्टर हो। यसले करिब १,२०,००० वर्ग माइलको युद्धक्षेत्रमा एकैसाथ निगरानी राख्न सक्छ।साथै यसले एकै पटकमा करिब ६०० वटा शत्रु वा मित्र शक्तिहरूका लक्ष्यहरूलाई ट्र्याक गर्न सक्छ।

विमानको माथि रहेको ३० फिट व्यासको राडार डोमले जमिनदेखि समताप मण्डल सम्म २५० माइलको दुरीसम्म स्पष्ट दृश्य प्रदान गर्छ। यस विमानमा रहेका टोलीले कमाण्डरहरूलाई शत्रु र मित्र शक्ति कहाँ छन् भन्ने सटीक जानकारी दिई आक्रमण र रक्षाको निर्देशन दिने गर्छन्।

विगत केही दशकदेखि अमेरिकी सैन्य रणनीतिको मुख्य हिस्सा रहेको यो विमान ध्वस्त हुनुलाई ठुलो रणनीतिक क्षतिका रूपमा हेरिएको छ। विशेष गरी मध्यपूर्वमा जारी तनावका बीच यस्तो अत्याधुनिक प्रणाली गुमाउँदा युद्धक्षेत्रको व्यवस्थापनमा चुनौती थपिन सक्ने रक्षा विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...