मुख्य समाचार
रोहित र रयानको शतकीय साझेदारीसँगै मुम्बईको सुखद सुरुवात
रोहित र रयानको शतकीय साझेदारीसँगै मुम्बईको सुखद सुरुवात

: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा मुम्बई इन्डियन्सले लिगमा जितसहितको सुरुवात गरेको छ। कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो।


सन् २०१२ यता आइपीएलको पहिलो खेल (ओपनिङ गेम) जित्न नसक्ने खराब रेकर्ड रहेको मुम्बईले आफ्नो यो खराब इतिहासमा पूर्णविराम लगाएको छ ‌‌। योसँगै मुम्बईले आइपीएलको पछिल्ला सात खेलहरूमा २२० भन्दा माथिको लक्ष्य पछ्याउन सकेको थिएन। तर यो रेकर्ड पनि मुम्बईले तोड्यो। २२१ को विजयी लक्ष्य १९.१ ओभरमा पूरा गर्दै मुम्बईले आइपीएल २०२६ को संस्करणमा दुईवटा रेकर्ड सुधार गरेको हो।


मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विश्वभरमा ४ विकेट गुमाउँदै २२० रन बनाएको थियो।



२२१ रनको विजयी लक्ष्य पछाएको मुम्बई इन्डियन्सले १९.१ ओभरमा ४ विकेटको क्षतिमा २२४ रन सहित लक्ष्य पूरा गरेको हो। मुम्बई इन्डियन्सका लागि ओपनरद्वय रयान रिकेल्टन र रोहित शर्माले पहिलो विकेटका लागि १४८ रनको शतकीय पारीको साझेदारी गरे। यो साझेदारीले नै मुम्बईलाई जितको निकै नजिक पुर्‍याइसकेको थियो। तर पहिलो विकेटका रूपमा रोहित शर्माको विकेट गुमाएपछि ठूला साझेदारीहरू बन्न सकेनन्। व्यक्तिगत रूपमा ओपनर ब्याटर र यान डिटेलटोनले सर्वाधिक ८१ रनको पारी खेले। उनले ४३ बलमा ४ चौका र ८छक्का प्रहार गर्दै रनआउट भए।

अर्का ओपनर रोहित शर्माले ३८ बलमा समान ६ चौका र ६ छक्का सहित ७८ रनको पारी खेले। सूर्यकुमार यादवले १६ रन बनाउँदा तिलक बर्माले २० रन बनाए कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहँदा नमन धिर ५ रनमा अविजित रहे।

कोलकाताका लागि बलिङतर्फ वैभव अरोरा, कार्तिक त्यागी र सुनिल नारायणले १-१ विकेट लिए। त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताको लागि कप्तान अजिन्क्य रहणेले सर्वाधिक ६७ रनको पारी खेले। उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फिन एलेनसँग ६९ रनको साझेदारी गरेका थिए। फिनले व्यक्तिगत रूपमा ३७ रन बनाए। क्यामरोन ग्रिनले १८ रन बनाउँदा अंगकृष्ण रघुवंशीले ५१ रनको अर्धशतकीय पारी खेले। रिंकु सिंह ३३ र रमनदीप सिंह ४ रनमा अविजित रहे।

मुम्बईका लागि बलिङतर्फ सार्दुल ठाकुरले ३ विकेट लिए भने कप्तान हार्दिक पाण्ड्याले १ विकेट लिए।

सोमबार आइपीएलमा एक खेल रहेको छ। जसमा राजस्थान रोयल्स(आरआर) र चेन्नई सुपर किङ्स(सिएसके)ले नेपाली समयअनुसार ७:४५ मा खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम