मुख्य समाचार
एमाले प्रदर्शनकारीद्वारा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग
एमाले प्रदर्शनकारीद्वारा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग

। नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आफ्ना सक्रिय सदस्य तथा प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले प्रेस विज्ञप्तिमा शनिबार आफ्नो नियमित पेशागत जिम्मेवारी पूरा गर्न जाने क्रममा बबरमहलमा नेकपा (एमाले)को प्रदर्शनमा सहभागी केही व्यक्तिले खतिवडामाथि कुटपिट गरेको उल्लेख छ ।

खतिवडामाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

नेफ्टाले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, घाइते खतिवडाको उपचारको व्यवस्था गर्न र उनको सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।

खतिवडा कुनैपनि राजनीतिक दलमा आबद्ध नरहेको नेफ्टाले जनाएको छ ।

संघले नागरिकलाई राजनीतिक दल वा आन्दोलनका नाममा स्वतन्त्र रूपमा श्रम गर्नबाट रोक्ने, धम्की दिने वा हिंसा गर्ने कार्य मानवअधिकार र कानुनी शासनविपरीत रहेको बताएको छ । यसप्रति कडा कारबाही हुनुपर्ने नेफ्टाको भनाइ छ ।

नेफ्टाले राजनीतिक दल तथा आन्दोलनकारीलाई आफ्ना गतिविधि मर्यादित र शान्तिपूर्ण बनाउन आग्रह गर्दै सर्वसाधारण र श्रमिकको सुरक्षामा ध्यान दिन अपिल गरेको छ । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।

अध्यक्ष प्रेम भोम्जन पुस्कर लामाले घाइतको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । अन्त्यमा, संघले घाइते सुवास खतिवडाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख नन्दा गुरुङले दिइन् । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको ...
। बालेन साह नेतृत्वको सरकारले आफ्नो १०० दिनमा गर्ने कार्यसूची सार्वजनिक गर्दा वैदेशिक रोजगार क्षेत्रलाई उपेक्षा गरेको छ । बालेन सरकारले १ सय दिनभित्र गर्ने १ सय वटा कामको सूची अनुसार राज्यबाट प्रवाह गरिने सेवा सुविधा सहज बनाउनेदेखि विभिन्न विषय समेटिएका छन् । तर, ७५ प्रतिशत घरधुरीसँग प्रत्यक्ष जोडिएको वैदेशिक रोजगार क्षेत्रलाई भने आफ्नो कार्यसूचीमा समावेश ...
। १२ कात्तिक २०८२ मा सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको अल्टिच्युड एयरको दर्ता नम्बर ‘९एन–एएमएस’ हेलिकप्टर ‘ह्वाइट आउट पासो (हेलिकप्टरलाई स्थिर बनाउँदा रोटरको हावाले भुइँको हिँउ उडाएर दृष्यतामा असर पर्नु)’ मा परेको पुष्टि भएको छ । दुर्घटनापछि सरकारले गठन गरेको समितिबाट प्राप्त दुर्घटना जाँच अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । प्रतिवेदन ...
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० बुँदे सुधार कार्ययोजना अघि सारेको छ । सरकारले अघि सारेको १०० दिनका १०० कार्यसूची अनुसार मन्त्रालयले सुधार कार्ययोजना अघि सारेको हो । श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अबदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति दिइने छ । श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति ...
। विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध चलेको भ्रष्टाचार मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाका दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको हो । अख्तियारले पतञ्जलि प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार भएको आरोपहरु लगाएको थियो । ...