मुख्य समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गरेका छन्। उनले मध्यपूर्वमा जारी द्वन्द्वबारे छलफल गरेका छन्।


सामाजिक सञ्जाल एक्समा पोस्ट् गर्दै प्रधानमन्त्री मोदीले क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूको भारतले निन्दा दोहोर्‍याएको र समुद्री मार्गको स्वतन्त्रता सुनिश्चित गर्दै ढुवानी मार्गहरू खुला र सुरक्षित राख्न सहमति भएको बताएका छन्।


उनले लेखेका छन्, 'साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री महामहिम मोहम्मद बिन सलमानसँग कुरा भयो। पश्चिम एसियाको वर्तमान अवस्थाबारे छलफल गरियो। क्षेत्रीय ऊर्जा संरचनामाथि भएका आक्रमणहरूको भारतले निन्दा गरेको पुनः दोहोर्‍याएँ। समुद्री आवागमन स्वतन्त्र राख्न र ढुवानी मार्गहरू खुला तथा सुरक्षित राख्न आवश्यकतामा सहमति भयो। साथै साउदी अरबमा रहेका भारतीय समुदायको हितमा उहाँले निरन्तर दिएको सहयोगका लागि धन्यवाद दिएँ।'



मध्यपूर्वमा फेब्रुअरी २८ देखि द्वन्द्व सुरु भएयता मोदी र युवराज सलमानबीच भएको यो दोस्रो टेलिफोन वार्ता हो। यस संकटका क्रममा संयुक्त राज्य अमेरिका र इजरायल ले इरानमाथि आक्रमण गरेका छन् भने तेहरानले इजरायल र क्षेत्रका विभिन्न स्थानलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...