मुख्य समाचार
अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने तयारी गरिरहेको छ
अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने तयारी गरिरहेको छ

इरानका सभामुख मोहम्मद बागेर कालिबाफले आइतबार एक सनसनीपूर्ण दाबी गर्दै अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने गोप्य योजना बनाइरहेको बताएका छन्।

सरकारी समाचार एजेन्सी ‘इर्ना’ मार्फत जारी बयानमा कालिबाफले अमेरिकाले बाहिर वार्ता र कूटनीतिको कुरा गरे पनि भित्रभित्रै सैन्य हमलाको तयारी गरिरहेको आरोप लगाएका छन् ।


उनले चेतावनी दिँदै भनेका छन्, ‘हाम्रा सिपाहीहरू अमेरिकी सेनालाई आगोमा जलाउन र उनका क्षेत्रीय सहयोगीहरूलाई सदाका लागि पाठ सिकाउन पर्खिरहेका छन्।’

कालिबाफले देश अहिले “महासंकटको घडी” मा रहेको भन्दै इरानी जनतालाई एकजुट हुन आह्वान समेत गरेका छन्।

यसैबीच, अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ ले पनि पेन्टागनले केही हप्तादेखि इरानमा सम्भावित ‘ग्राउन्ड अफेन्सिभ’ को खाका तयार पारिरहेको पुष्टि गरेको छ।

यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सैनिकहरूलाई विदेशी युद्धमा नपठाउने पुरानो बाचाका कारण यसलाई अन्तिम स्वीकृति दिने वा नदिने भन्नेमा अन्योल छ।

विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मात्रै अमेरिकाले हवाई हमलाबाटै आफ्ना लक्ष्यहरू पूरा गर्न सक्ने र ‘बुट अन द ग्राउन्ड’ को आवश्यकता नभएको बताएका थिए।

तर, पछिल्ला हप्ताहरूमा एसियाबाट हजारौँ अमेरिकी मरिन्स र ‘८२औँ एयरबोर्न डिभिजन’ का प्याराट्रुपरहरू मध्यपूर्वमा तैनाथ गरिनुले युद्धको जोखिम झन् बढाएको छ।

सामरिक विज्ञहरूका अनुसार अमेरिकाले इरानको ९० प्रतिशत तेल निर्यात हुने मुख्य केन्द्र ‘खर्ग टापु’ लाई निशाना बनाउन सक्छ, जुन टापुमाथि कब्जा जमाउने इच्छा राष्ट्रपति ट्रम्पले सन् १९८८ देखि नै राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...