मुख्य समाचार
ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताए
ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताएका छन् । फाइनान्सियल टाइम्सको अन्तवार्तामा उनले सो अभिव्यक्ति दिएका हुन् ।

आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरुले किन त्यसो गरेको भनेर आफूलाई प्रश्न गरिरहेको पनि उनले बताएका छन् ।

‘साँचो भन्नुपर्दा, मेरो मनमा लागेको कुरा भनेको इरानको तेल लिनु हो तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरू भन्छन्– तिमी किन त्यसो गरिरहेका छौ ? ती मूर्ख मानिसहरू हुन्,’ उनले भनेका छन् ।

ट्रम्पले यस्तो अभिव्यक्तिबाट खार्ग टापु कब्जा गर्न सकिने संकेत गरेको बीबीसीले जनाएको छ । ‘सायद हामी खार्ग टापु लिन्छौँ, सायद लिँदैनौँ, हामीसँग धेरै विकल्प छन्,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘यसको अर्थ हामी केही समय त्यहाँ (खार्ग टापुमा) बस्नुपर्ने हुन्छ ।’

टापुमा इरानको सुरक्षा व्यवस्थाबारे प्रश्न गर्दा उनले भनेकाछन्, ‘मलाई लाग्दैन त्यहाँ कुनै सुरक्षा छ । हामीले सजिलै नियन्त्रणमा लिन सक्छौँ ।’

अमेरिकाका थप ३ हजार ५०० अमेरिकी सैनिकहरू मध्यपूर्वमा पुगेको बेला राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण मानिएको छ ।

खार्ग टापु के हो ?

खार्ग टापु इरानको दक्षिणी भागमा पर्सियन खाडीमा अवस्थित सानो तर अत्यन्तै रणनीतिक महत्वको टापु हो । यो विशेषगरी इरानको तेल निर्यातको मुख्य केन्द्रका रूपमा परिचित छ ।

इरानको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनलको रुपमा परिचित यो टापुबाट इरानको अधिकांश कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा पठाइन्छ । त्यसैले यसलाई इरानको ऊर्जा अर्थतन्त्रको लाइफलाइन जस्तै मानिन्छ ।

यदि अनुमान गरिएझैं खार्ग टापुमा अमेरिकी सेना उत्रिएमा बाब-अल-मन्देब समुद्रीमार्गमा खतरा सिर्जना गर्ने सम्भावना छ । बाब–अल–मन्देब जलडमरू क्षेत्र अफ्रिका र एसियाको बीचमा पर्ने एक महत्वपूर्ण समुद्री मार्ग हो । यसले रेड सागर र एडेन खाडीलाई जोड्छ ।

यसको एकतर्फ यमन (एशिया) र अर्कोतर्फ जिबुटी र इरिट्रिया (अफ्रिका) पर्छन् । यसले स्वेज नहर हुँदै भूमध्यसागरसम्म जाने मार्गलाई जोड्छ । एशिया–युरोप बीचको धेरै सामान यही बाटो ढुवानी हुन्छ । विशेष गरी तेल र ग्यास ढुवानीका लागि यो अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...