मुख्य समाचार
ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताए
ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताएका छन् । फाइनान्सियल टाइम्सको अन्तवार्तामा उनले सो अभिव्यक्ति दिएका हुन् ।

आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरुले किन त्यसो गरेको भनेर आफूलाई प्रश्न गरिरहेको पनि उनले बताएका छन् ।

‘साँचो भन्नुपर्दा, मेरो मनमा लागेको कुरा भनेको इरानको तेल लिनु हो तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरू भन्छन्– तिमी किन त्यसो गरिरहेका छौ ? ती मूर्ख मानिसहरू हुन्,’ उनले भनेका छन् ।

ट्रम्पले यस्तो अभिव्यक्तिबाट खार्ग टापु कब्जा गर्न सकिने संकेत गरेको बीबीसीले जनाएको छ । ‘सायद हामी खार्ग टापु लिन्छौँ, सायद लिँदैनौँ, हामीसँग धेरै विकल्प छन्,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘यसको अर्थ हामी केही समय त्यहाँ (खार्ग टापुमा) बस्नुपर्ने हुन्छ ।’

टापुमा इरानको सुरक्षा व्यवस्थाबारे प्रश्न गर्दा उनले भनेकाछन्, ‘मलाई लाग्दैन त्यहाँ कुनै सुरक्षा छ । हामीले सजिलै नियन्त्रणमा लिन सक्छौँ ।’

अमेरिकाका थप ३ हजार ५०० अमेरिकी सैनिकहरू मध्यपूर्वमा पुगेको बेला राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण मानिएको छ ।

खार्ग टापु के हो ?

खार्ग टापु इरानको दक्षिणी भागमा पर्सियन खाडीमा अवस्थित सानो तर अत्यन्तै रणनीतिक महत्वको टापु हो । यो विशेषगरी इरानको तेल निर्यातको मुख्य केन्द्रका रूपमा परिचित छ ।

इरानको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनलको रुपमा परिचित यो टापुबाट इरानको अधिकांश कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा पठाइन्छ । त्यसैले यसलाई इरानको ऊर्जा अर्थतन्त्रको लाइफलाइन जस्तै मानिन्छ ।

यदि अनुमान गरिएझैं खार्ग टापुमा अमेरिकी सेना उत्रिएमा बाब-अल-मन्देब समुद्रीमार्गमा खतरा सिर्जना गर्ने सम्भावना छ । बाब–अल–मन्देब जलडमरू क्षेत्र अफ्रिका र एसियाको बीचमा पर्ने एक महत्वपूर्ण समुद्री मार्ग हो । यसले रेड सागर र एडेन खाडीलाई जोड्छ ।

यसको एकतर्फ यमन (एशिया) र अर्कोतर्फ जिबुटी र इरिट्रिया (अफ्रिका) पर्छन् । यसले स्वेज नहर हुँदै भूमध्यसागरसम्म जाने मार्गलाई जोड्छ । एशिया–युरोप बीचको धेरै सामान यही बाटो ढुवानी हुन्छ । विशेष गरी तेल र ग्यास ढुवानीका लागि यो अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...