मुख्य समाचार
सर्वोच्च अदालतले कार्की आयोगको प्रतिवेदन सहित रमेश लेखकलाई जरुरी पुर्जी दिएर पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश
सर्वोच्च अदालतले कार्की आयोगको प्रतिवेदन सहित रमेश लेखकलाई जरुरी पुर्जी दिएर पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश

। सर्वोच्च अदालतले कार्की आयोगको प्रतिवेदन सहित पूर्वगृहमन्त्री रमेश लेखकलाई जरुरी पुर्जी दिएर पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ ।

रमेश लेखककी पत्नी यशोदा लेखकले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘सम्वत २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तथा अनुसन्धानको क्रममा तयार पारिएको सक्कल मिसिल समेत महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाइ पेश गर्नू ।’

सर्वोच्च अदालतले रमेश लेखकलाई जरुरी पक्राउ पुर्जी दिनुपर्ने अवस्था थियो कि थिएन भनेर समेत आफ्नो चासो प्रकट गरेको छ ।

सर्वोच्चले आदेशमा भनेको छ, ‘पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६)को पूर्वअवस्थाको विद्यमानता रहे/नरहेको समेत खुल्ने गरी बाटोको म्याद बाहेक सूचना पाएको मितिले तीन दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू ।’

उक्त दफामा तत्काल पक्राउ नभएमा त्यस्तो व्यक्ति भाग्ने, उम्कने अनि उनले प्रमाण, दसी वा सबुद नष्ट गर्ने कारण भएमा मात्रै जरुरी पक्राउ पूर्जी जारी गर्न सकिने व्यवस्था छ ।

सर्वोच्च अदालतले कानुनमा भएका ती अवस्था पक्राउ गर्ने क्रममा विद्यमान थिए कि थिएनन् भनी चासो व्यक्त गर्दै कारण पनि खुलाउन भनेको हो ।

पूर्वगृहमन्त्री रमेश लेखक गत शनिबार बिहान पक्राउ परेका थिए । जेनजी आन्दोलनको दमनमा भूमिका खेलेको र किशोरकिशोरीको ज्यान जाने घटनामा हेलचेक्र्याइँ गरेको आरोपमा प्रहरीले लेखकमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा गरिरहेका छन् । उनले आजको छलफल कोशी प्रदेशका सांसदहरूबाट सुरु गरे । कोशी प्रदेशको छलफलमा श्रम संस्कृति पार्टीका सांसदबाहेक अन्य रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे ...
। नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूह छलफलमा जुटेको छ । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएपछि कांग्रेस सभापति गगन थापासहित पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले शेरबहादुर ...
। जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् । उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ । आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा ...
। आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने आश्वासन दिएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो आश्वासन दिएका हुन् । उनले लगानी र रोजगारी बढाउन अनुरोध गरे । ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,’ वाग्लेले भने, ‘म अर्थतन्त्रको जहाज मोडेर ...