। ३१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का २८ वर्षीय अन्जान राई छन् । उनी ३०५.७५० ग्राम लागु औषध खैरो हेराइनसहित पक्राउ परेका हुन् ।
३१ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना तोकिएका उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कागारा सुन्धाराबाट फरार भएका थिए । उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । उनी यसअघि चार वटा लागु औषधको मुद्दामा दोषि ठहर भएका व्यक्ति रहेको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
यो घटनाको अनुसन्धानको क्रममा ब्यूरोले १४ चैतमा अन्जान राई संलग्न गिरोहका ३२ वर्षीय सुवास भनिने दोर्जे तामाङ र २४ वर्षीय राहुल डंगोललाई ५२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।