। प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा गरिरहेका छन् । उनले आजको छलफल कोशी प्रदेशका सांसदहरूबाट सुरु गरे ।
कोशी प्रदेशको छलफलमा श्रम संस्कृति पार्टीका सांसदबाहेक अन्य रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे बैठकमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए ।
उनले छिटो प्रतिनिधिसभाको पहिलो बैठक बोलाउन भन्दै कोठे बैठकमा नजाने बताएका हुन् ।
प्रधानमन्त्री बालेनले पहिलोचरणमा मन्त्रीहरूसँग आइतबार छलफल गरेका थिए । त्यसपछि आज उनले प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् । कोशीका सांसदसँगको छलफलपछि उनले कर्णालीका सांसदहरूसँग छलफल गरेका छन् ।