मुख्य समाचार
काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ
काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ

: काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जेनजी आन्दोलनको समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रिजाललाई कारबाही गर्न सिफारिस गरेको भन्दै


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

रिजालमाथि जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।

जेनजी आन्दोलनपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका उनी भएका थिए। मन्त्रिपरिषद्को निर्णयपश्चात गृह मन्त्रालयको निर्देशनमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक शनिबार नै पक्राउ परिसकेका छन्। उनीहरुमाथि अदालतले ५ दिन अनुसन्धानका लागि म्याद दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् । फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो । गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी ...
। प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ । रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना ...
। सरकारले विभिन्न संघसंस्थाको नाममा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको उद्धारमा रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा गई समस्यामा परेका श्रमिकहरूको उद्धारका नाममा विभिन्न संघसंस्थाले कानुन विपरीत कार्य गरिरहेको भन्दै त्यसलाई रोक लगाएको हो । विभागले सूचना जारी गर्दै ‘वैदेशिक रोजगार ऐन २०६४’ ले नेपाली श्रमिक उद्धार गर्नुपर्ने ...
: सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कार्यदलमा संसदमा रहेका दलहरूको प्रतिनिधिहरू सदस्य रहने प्रवक्ता पोखरेलको भनाइ छ। 'यो हाम्रो वाचापत्रमा उल्लेख भएको वाचा पनि थियो,' उनले भने।
: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारका पछिल्ला गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले मुलुक फेरि निषेध र द्वन्द्वको राजनीतितर्फ उन्मुख हुन सक्ने आशंका प्रकट गरेका हुन्। उनले लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त वर्तमान लोकतान्त्रिक व्यवस्थालाई कुनै पनि हालतमा संकटमा ...