मुख्य समाचार
पेन्टागनले इरानमा जारी युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन 'प्रेस ब्रिफिङ' गर्ने
पेन्टागनले इरानमा जारी युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन 'प्रेस ब्रिफिङ' गर्ने

: पेन्टागनले इरानमा जारी युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन मंगलबार बिहान 'प्रेस ब्रिफिङ' गर्ने भएको छ। झण्डै दुई साताको अन्तरालपछि हुन लागेको यो पहिलो औपचारिक ब्रिफिङ हो।


अमेरिकी रक्षा सचिव पिट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पूर्वीय समयअनुसार बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यी दुई अधिकारीले यसअघि गत मार्च १९ मा युद्ध प्रयासबारे सार्वजनिक जानकारी दिएका थिए। फेब्रुअरी २८ मा इरानमा सैन्य आक्रमण सुरु भएदेखि पेन्टागनले हालसम्म जम्मा छ पटक मात्र ब्रिफिङ गरेको छ।


मध्यपूर्वमा भएका युद्धहरूका क्रममा, विशेष गरी सुरुवाती चरणमा, अमेरिकी सैन्य अधिकारीहरूले नियमित तालिका अनुसार दैनिक रूपमा युद्धको अपडेट दिने गर्दथे। तर, वर्तमान ट्रम्प प्रशासनले भने ब्रिफिङको संख्या घटाउँदै लगेको छ। साथै, ब्रिफिङ कक्षमा दक्षिणपन्थी र ट्रम्प समर्थक सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई बढी प्राथमिकता दिएको भन्दै आलोचना समेत भइरहेको छ।



बाइडेन प्रशासनका समयमा पेन्टागनकी उप-प्रेस सचिव रहेकी सब्रिना सिंहले युद्धकालीन ब्रिफिङको महत्त्वबारे चर्चा गर्दै भनिन्, 'ब्रिफिङले अमेरिकी जनतालाई सुसूचित गर्ने, निर्णयहरूमा पारदर्शिता ल्याउने र जवाफदेहिता सुनिश्चित गर्ने काम गर्दथ्यो।'

हाल सीएनएनमा वैश्विक मामिला टिप्पणीकारको रूपमा कार्यरत सिंहले सामाजिक सञ्जाल 'एक्स'मा लेखेकी छिन्, 'नियमित ब्रिफिङ नहुनु ठूलो घाटा हो । यसले जनतालाई उत्तरभन्दा बढी अन्योलमा छोडिदिएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...