मुख्य समाचार
ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको
ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको संकेत दिएका छन्। वाल स्ट्रिट जर्नल (WSJ) का अनुसार, यो युद्धलाई आफ्नो निर्धारित समयसीमाभन्दा बाहिर जान नदिन ट्रम्पले यस्तो योजना बनाएका हुन्।


इरानको नौसेना र मिसाइल भण्डारमा ठूलो क्षति पुर्‍याइसकेको अवस्थामा, ट्रम्पले हालको सैन्य कारबाहीलाई टुङ्ग्याउन विचार गरिरहेको रिपोर्टमा उल्लेख छ। व्यापारिक मार्ग पुनः सुचारु गर्नका लागि भने उनले इरानमाथि कूटनीतिक दबाब जारी राख्ने बुझिएको छ।


यस विषयमा पेन्टागनले मंगलबार बिहान अर्थात् नेपाली समय अनुसार आज बेलुका विशेष प्रेस ब्रिफिङ गर्दैछ, जहाँ रक्षा सचिव पिट हेगसेथले थप जानकारी दिने अपेक्षा गरिएको छ।



गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलायता मध्यपूर्वमा तनाव उत्कर्षमा छ। पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित कैयौँ शीर्ष अधिकारीहरू मारिएका थिए। त्यसयता भएका शृंखलाबद्ध आक्रमणमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता अली मोहम्मद नैनीको पनि मृत्यु भइसकेको छ।

मानवीय र भौतिक क्षतिको अवस्था

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्यांक छ। इरानको नौसेना र मिसाइल भण्डारमा पनि गम्भीर क्षति पुगेको छ। इरानको जवाफी आक्रमणका कारण इजरायल र अमेरिकी सैन्य आधार रहेका खाडी मुलुकहरूमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको रिपोर्टहरू प्राप्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...