मुख्य समाचार
दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु
दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु

। दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना (युनिफिल)का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटबाट शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको थियो ।

सोमबार भएको यो पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको ज्यान गएको र एक जना घाइते भएको युनिफिलले सामाजिक सन्जालमार्फत् जानकारी दिएको छ । ‘शान्तिको सेवामा खटिँदा कसैले पनि ज्यान गुमाउन नपरोस्,’ उसले लेखेको छ ।

यसअघि गत आइतबार पनि दक्षिणी लेबनानकै अल–कुसायर नजिकै युनिफिलको एक पोष्टमा आक्रमण हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो ।

साथै लेबनानकै माइस–अल–जबाल भन्ने ठाउँमा नेपाली शान्ति सैनिक रहेको कमाण्ड पोष्टमा आक्रमण भएको थियो । सो आक्रमणमा शान्ति सैनिकका व्यक्तिगत केही सामानमा क्षति पुगे पनि मानवीय क्षति भएको थिएन ।

हिजो सोमबारको दिन भएको आक्रमणमा परी मृत्यु हुने दुई जनामध्ये एक जना इन्डोनेसियाका सैनिक रहेको पुष्टि भएको छ ।

इन्डोनेसियाको विदेश मन्त्रालयले मृतक शान्ति सैनिक आफ्नै नागरिक भएको जनाएको हो । सो आक्रमणमा अन्य तीन इन्डोनेसियाली शान्ति सैनिक घाइते भएको मन्त्रालयले जनाएको छ ।

इन्डोनेसिया सरकारले घटनाको निन्दा गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेको छ ।

इन्डोनेसियाले दक्षिण लेबनानमा इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न, नागरिक संरचना र पूर्वाधारमाथि आक्रमण रोक्न तथा संवादमार्फत तनाव घटाउन आह्वान समेत गरेको छ ।

चिन्ता र विरोध

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विरोध गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र संयुक्त राष्ट्र संघका कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले पछिल्ला घटनाले शान्ति सैनिकहरूको सुरक्षामा समेत गम्भीर जोखिम बढाएको बताएका छन् ।

फ्रान्सले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आग्रह गरेको छ । फ्रान्सका विदेशमन्त्री जिन नोल ब्यारोटले युनिफिलमाथिका आक्रमणलाई ‘अस्वीकार्य र अनुचित’ भन्दै कडा निन्दा गरेका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शान्ति सैनिकमाथि भएको आक्रमणको विरोध गर्दै इजरायललाई सैन्य कारबाही रोक्न आह्वान गरेका छन् ।

आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले पनि पछिल्ला दिनहरूमा शान्ति सैनिकमाथि बढ्दो आक्रमणलाई ‘चिन्ताजनक र हिंसात्मक’ भनेर आलोचना गरेका छन् ।

इजरायली स्थल आक्रमण विस्तारसँगै हिंसा चर्किंदै

पछिल्ला घटनाहरू इजरायलले लेबनानमा स्थल आक्रमण विस्तार गर्दै दक्षिणी क्षेत्रमा अझ गहिरो प्रवेश गरिरहेका बेला भएका हुन् । इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई हेजबोल्लाहका हवाई आक्रमणबाट सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

फेब्रुअरी २८ देखि अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि हेजबोल्लाहले उत्तरी इजरायलमा आक्रमण गरेपछि इजरायलले मार्चको सुरुवातदेखि लेबनानमाथि आक्रमण तीव्र बनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणका कारण १ हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

दक्षिणी सहर टायरबाट प्राप्त विवरणअनुसार स्थल आक्रमणसँगै झडप र हिंसात्मक घटना तीव्र बन्दै गएको अलजजिराले जनाएको छ । पछिल्लो एक घटनामा सोमबार दक्षिणमा रहेको एक सैन्य जाँच चौकीमा इजरायली आक्रमण हुँदा एक लेबनानी सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...