मुख्य समाचार
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पुलिसले कोशीलाई ६ विकेटले पराजित
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पुलिसले कोशीलाई ६ विकेटले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पुलिसले कोशीलाई ६ विकेटले पराजित गरेको हो।


कोशीले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पुलिसले ३३.५ ओभरमा चार विकेट गुमाउँदै एक सय ६५ रन बनायो। पुलिसको जितमा कप्तान आरिफ शेख र अलराउण्डर रशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे।


एक सय ५४ रनको साझेदारी गर्ने क्रममा आरिफले ७९ बलको सामना गर्दै ८१ रन जोडे। उनले ११ चौका र एक छक्का प्रहार गरे। अर्का ब्याटर रशिदले ९० बलमा ७९ रन बनाए। उनले आठ चौका र एक छक्का प्रहार गरे।



११ रनको स्थितिमा चार विकेट गुमाएर लरखराएको पुलिसको इनिङलाई सम्हाल्दै आरिफ र रशिदले सम्झनलायक प्रदर्शन गरे। पुलिसका ओपनर दिनेश खरेल दुई रन बनाएर आउट हुँदा शंकर राना, अमित श्रेष्ठ र दिलशाद अलीले शून्यमै मैदान छोडे। लगातार विकेट गुमाउँदा निराश बनेको पुलिसको ड्रेसिङरुमलाई आरिफ र रशिदले खुशी दिलाए।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४३.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन जोडेको थियो। कोशीका लागि कप्तान सुजन थपलियाले ४८, ओपनर सुमन श्रेष्ठले ४३, अंकित सुवेदीले २६, शिवांश बजगाईंले १५ रन बनाए। कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोशीलाई मध्यम योगफलमा रोक्ने क्रममा पुलिसका दिनेश खरेल एक्लैले पाँच विकेट लिए। प्लेयर अफ दि म्याच घोषित खरेलले सोनु अंसारी, समिर कार्की, प्रेम कामत, शिवांश बजगाईं र विपिन महतोको विकेट लिँदै 'फाइफर' पूरा गरेका थिए। यसैगरी ललित राजवंशी र सागर ढकालले समान दुई/दुई विकेट लिए।

जितसंगै पुलिस तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पाँच खेलमा पुलिसले सात अंक जोडेको छ। चार खेलमा समान सात अंक जोडेको मधेस रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ।

जारी प्रतियोगितामा पुलिसले वीरगन्जमा खेलेको यो पहिलो खेल हो। प्रतियोगितामा पाँच खेल खेलेको पुलिसले यसअघि काठमाडौंस्थित माथिल्लो मुलपानी मैदानमा तीन र तल्लो मुलपानी मैदानमा एक खेल खेलेको थियो।

पहिलो खेलमा त्रिभुवन आर्मीसँग २२ रनले पराजित भएको पुलिसले दोस्रो खेलमा नेपाल एपीएफ क्लबलाई एक सय ८५ रन र तेस्रो खेलमा बागमती प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। चौथो खेलमा भने वर्षा बाधक बनेपछि पुलिसले गण्डकीसँग अंक बाँडेको थियो।

प्रतियोगिताअन्तर्गत बुधबार वीरगन्जस्थित नारायणी मैदानमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेश भिड्नेछन् भने जकनपुरस्थित रामजानकी मैदानमा बागमती प्रदेश र कर्णालीबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम