मुख्य समाचार
अमेरिकाले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर इसफाहानमा रहेको एक प्रमुख आणविक केन्द्र र सैन्य डिपोमा शक्तिशाली आक्रमण
अमेरिकाले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर इसफाहानमा रहेको एक प्रमुख आणविक केन्द्र र सैन्य डिपोमा शक्तिशाली आक्रमण

: अमेरिकाले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर इसफाहानमा रहेको एक प्रमुख आणविक केन्द्र र सैन्य डिपोमा शक्तिशाली आक्रमण गरेको छ। 'द वाल स्ट्रिट जर्नल' को रिपोर्टअनुसार, सोमबार राति गरिएको यस आक्रमणमा जमिनमुनिका मजबुत संरचना ध्वस्त पार्न सक्ने २,००० पाउन्ड (करिब ९०७ किलोग्राम) का 'बन्कर–बस्टर' बमहरू प्रयोग गरिएको छ।


अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार, इसफाहानस्थित ठूलो मात्रामा हतियार र सैन्य उपकरण भण्डारण गरिएको डिपोलाई मुख्य निशाना बनाइएको थियो। 'पेनिट्रेटर म्युनिसन' भनिने यी बन्कर–बस्टर बमहरू जमिनको धेरै गहिराइसम्म पुगेर विस्फोट हुने गरी डिजाइन गरिएका हुन्छन्। आक्रमणपछि उक्त डिपोमा रहेका गोला–बारुदहरू शृङ्खलाबद्ध रूपमा विस्फोट हुँदा सो क्षेत्रमा भीषण आगलागी भएको छ।


आक्रमणको लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। उक्त भिडियोमा रातको समयमा भएका शक्तिशाली विस्फोट र आकाश छुने गरी उठेको आगोको लप्का प्रष्ट देखिन्छ। मिडिया रिपोर्टहरूका अनुसार यो भिडियो इसफाहानकै गोला–बारुद डिपोमा भएको हमलाको हो। करिब २३ लाख जनसङ्ख्या भएको यस सहरमा 'बद्र एयरबेस' समेत रहेको छ, जुन इरानी सैन्य दृष्टिकोणले निकै संवेदनशील र महत्त्वपूर्ण मानिन्छ।



मध्यपूर्वको यो युद्ध दोस्रो महिनामा प्रवेश गरिरहँदा यस पछिल्लो आक्रमणले विश्वव्यापी चिन्ता बढाएको छ। शक्तिशाली बम प्रहार र त्यसपछिका शृङ्खलाबद्ध विस्फोटका कारण उक्त क्षेत्रमा ठूलो भौतिक क्षतिको आशङ्का गरिएको छ।

यसैबीच, बिग्रँदो स्थिति र सम्भावित क्षेत्रीय महायुद्धलाई रोक्न कूटनीतिक प्रयासहरू पनि सुरु भएका छन्। पाकिस्तान, इजिप्ट, साउदी अरब र टर्की लगायतका देशहरूले आपतकालीन बैठक आह्वान गर्दै संकट समाधान र शान्ति स्थापनाका लागि दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...