मुख्य समाचार
ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त
ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा सत्ता परिवर्तन भइसकेको र अमेरिकाले लिएको मुख्य लक्ष्य हासिल भएको बताए ।


हामीले सत्ता परिवर्तन देखिसकेका छौं। यद्यपि, सत्ता परिवर्तन मेरो प्राथमिक लक्ष्य थिएन,' राष्ट्रपति ट्रम्पले भने, 'मेरो एउटै मुख्य लक्ष्य थियो- इरानसँग आणविक हतियार नहोस्। त्यो लक्ष्य अहिले पूरा भएको छ। अब उनीहरूसँग आणविक हतियार रहने छैन।'


ट्रम्पले अमेरिकी सेनाले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको उल्लेख गर्दै थप केही दिनभित्रै सैन्य कारबाही पूर्ण रूपमा समाप्त हुने बताए। इरानसँग कुनै सम्झौता भएमा यो युद्ध अझै चाँडो सकिन सक्ने उनको भनाइ छ।



'इरान सम्झौता गर्न मभन्दा बढी आतुर छ। सम्झौता भयो भने निकै छोटो समयमै हामी यो प्रक्रिया टुङ्ग्याउने छौँ,' उनले भने। ट्रम्पले इरानको वर्तमान नेतृत्व पहिलेको तुलनामा 'धेरै फरक र समझदार रहेको टिप्पणी गर्दै वार्ताप्रति सकारात्मक संकेत दिए।

तेल आपूर्तिका लागि महत्वपूर्ण मानिने 'स्ट्रेट अफ होर्मुज' को सुरक्षाका विषयमा बोल्दै ट्रम्पले यसमा अमेरिका संलग्न नहुने प्रष्ट पारे। उक्त जलमार्ग खुला राख्ने र सुरक्षित गर्ने जिम्मा अब तेल आयात गर्ने देशहरूकै हुने उनको तर्क छ।

'यदि फ्रान्स वा अन्य कुनै देशलाई तेल वा ग्यास चाहिन्छ भने उनीहरू आफैं हर्मुज जलडमरू भएर जानुपर्छ र आफ्नो सुरक्षा आफैं गर्नुपर्छ, ट्रम्पले भने, त्यहाँ के हुन्छ, त्यसमा हाम्रो कुनै सरोकार रहने छैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...