मुख्य समाचार
एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लाओसँग १-० ले पराजित
एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लाओसँग १-० ले पराजित

: एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लाओसँग १-० ले पराजित भएको छ।


मंगलबार लाओसको राष्ट्रिय रंगशालामा भएको खेलमा लाओसका कप्तान बोउनफचान बोउनकोङले गरेको गोल नै निर्णायक सावित भयो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ४८ औं मिनेटमा कप्तान बोउनफचानले गोल गरेका थिए।


४०औं मिनेटमा मनिष डाँगीले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो। निर्धारित समयको ३ मिनेट अगाडि नेपालले गरेको प्रहार लाओसका खेलाडीले गोल लाइनबाटै बचाउँदा नेपालले बराबरी गोल फर्काउन सकेन।



नेपालका लागि यही खेल मार्फत फरवार्ड युवराज खड्का र मिडफिल्डर पेम्बा दोर्जे लामाले नेपालको लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका छन्। युवराजले पहिलो रोजाइमा मौका पाउँदै डेब्यु गरेका हुन् भने पेम्बाले दोस्रो हाफमा दिपेश गुरुङलाई प्रतिस्थापन गर्दै नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका हुन्

नेपाल यसअघि नै एएफसी एसियन कप छनोट चरणबाट बाहिरिसकेको छ। यो नेपालको अन्तिम खेल थियो। समूह ‘एफ'मा रहेको नेपालले ६ खेल खेल्दा ३ अंक जोड्दै समूहको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम