: नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ। नेपाली कांग्रेसका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरको केन्द्रीय समितिको बैठक काठमाडौंमा चलिरहेको हो।
बैठकमा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, शंशाक कोइराला, विमलेन्द्र नीति, रामशरण महत, रामहरी खतिवडा, एनपी साउद, श्याम घिमिरेलगायतका शीर्ष नेता सहभागी छन्।
बैठकमा सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिट, संसदीय दलको नेता, संसद्मा पार्टीको भूमिका, आगामी रणनीति, समसामयिक राजनीतिबारे छलफल हुनेछ।
null
नयाँ निर्वाचित सांसद्हरूलाई बधाई दिने प्रयोजन देखाउँदै सोमबार छुट्टै भेला गरेको समूहले आज कार्यसमितिको बैठक राखेको थियो। यता संस्थापन पक्षले भने भेला गरे कारबाहीको चेतावनी दिँदै आएको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै पार्टीभित्र समानान्तर गतिविधि चलिरहेको छ। शेरबहादुर देउवा र शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई अझै पूर्णरूपमा स्वीकार गरेका छैनन्। विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दिएका थिए। उक्त रिटमाथि चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
null
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता लेखकलाई सरकारले शनिबार गिरफ्तार गरेको विरोधमा खड्काले पार्टीको कार्यवहाक सभपातिको हैसियतमा विज्ञप्ति निकालेका थिए। तर, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले भने कार्यवहाक सभापतिको हैसियतमा खड्काले निकालेको विज्ञप्तिप्रति असन्तुष्टि जनाएको छ।
ओली र लेखकको पक्राउको विरोधमा खड्काले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्नका लागि पार्टीपंक्तिलाई आह्वान गरेका थिए। तर, विशेष महाधिवेशनबाट चुनिएको संस्थापन पक्षद्वारा जारी छुट्टै विज्ञप्तिमा सरकारले जो कोहीलाई विधि प्रक्रियामार्फत दोषी पुष्टि भएमा मात्र कारबाहीको प्रोसेस अगाडि बढाउनुपर्ने उल्लेख गरेको छ।