: सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण गराउने संस्थाहरुको सूचीकरण प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले संस्था सूचीकरण, नविकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ को व्यवस्था बमोजिम मन्त्रालयले सूचीकरणको प्रक्रिया अगाडि बढाएको हो।
चैत १७ गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो व्यवस्था गरिएको मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । ।