मुख्य समाचार
तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर भइरहेका संघर्षहरू अन्त्य गर्न अपील
तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर भइरहेका संघर्षहरू अन्त्य गर्न अपील

: तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर भइरहेका संघर्षहरू अन्त्य गर्न अपील गरेका छन् । उनले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमा लेखेका छन्, ‘हामी इसाई धर्म, बौद्ध धर्म, इस्लाम, हिन्दू धर्म, यहूदी धर्म वा संसारका कुनै पनि महान आध्यात्मिक परम्परालाई हेरे पनि, सन्देश सधैं एउटै हुन्छ-प्रेम, करुणा, सहनशीलता र आत्म–अनुशासन ।’


दलाई लामाले थप लेखेका छन्, ‘इतिहासले बारम्बार देखाएको छ कि हिंसाले केवल थप हिंसालाई जन्म दिन्छ र कहिल्यै पनि दिगो शान्तिको आधार बन्न सक्दैन ।’ ‘कुनै पनि संघर्षको स्थायी समाधान, चाहे त्यो मध्यपूर्वमा होस् वा रूस र युक्रेनबीच, संवाद, समझदारी र आपसी सम्मानमा आधारित हुनुपर्छ ।’ उनले अन्त्यमा भनेका छन्, ‘म प्रार्थना गर्छु र अनुरोध गर्छु कि हिंसा र संघर्ष छिट्टै अन्त्य होस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारत बिहारको नालन्दा जिल्लास्थित शीतला मन्दिरमा मंगलबार अचानक भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्
: संयुक्त राज्य अमेरिका र इजराइलले एक महिनाअघि इरानविरुद्ध सुरु गरेको युद्ध अहिले आफै अनिश्चिततामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सोशल मिडिया पोस्टहरूले उथलपुथल बढाउँछन् र विश्व बजारलाई हल्लाउँछन् । यद्यपि त्यसको प्रभाव केही समयका लागि मात्रै किन नहोस् । तर केवल ट्रम्पका टिप्पणीहरूले मात्रै यस युद्धको दिशा निर्धारण गरिरहेका छैनन्, इतिहासले पनि यसमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा सत्ता परिवर्तन भइसकेको र अमेरिकाले लिएको मुख्य लक्ष्य हासिल भएको बताए । हामीले सत्ता परिवर्तन देखिसकेका छौं। यद्यपि, सत्ता परिवर्तन मेरो प्राथमिक लक्ष्य थिएन,' राष्ट्रपति ट्रम्पले भने, 'मेरो ...
: अमेरिकाले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर इसफाहानमा रहेको एक प्रमुख आणविक केन्द्र र सैन्य डिपोमा शक्तिशाली आक्रमण गरेको छ। 'द वाल स्ट्रिट जर्नल' को रिपोर्टअनुसार, सोमबार राति गरिएको यस आक्रमणमा जमिनमुनिका मजबुत संरचना ध्वस्त पार्न सक्ने २,००० पाउन्ड (करिब ९०७ किलोग्राम) का 'बन्कर–बस्टर' बमहरू प्रयोग गरिएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार, इसफाहानस्थित ठूलो ...
। दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना (युनिफिल)का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटबाट शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको थियो । सोमबार भएको यो पछिल्लो विस्फोटमा दुई शान्ति ...