मुख्य समाचार
कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने
कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने

: मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको छ। कुवेत एयरवेजको वाइडबडी विमान (बोइङ ७७७–३००)को चार्टर उडानमार्फत मार्फत बुधबार त्यहाँबाट नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको हो। जसका लागि उक्त चार्टर उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमित प्रदान गरिसकेको छ।


कुवेतबाट अलपत्र नेपाली यात्रुहरुलाई लिएर बुधबार उक्त विमान दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। उक्त उडानमार्फत करिब तीन सय यात्रु आउन सक्ने सम्भावना रहेको उनले बताए।


कुवेतस्थित नेपाली दूतावासको समन्वयमा स्वदेश फर्किन चाहेको नेपालीहरुलाई चार्टर उडानमार्फत स्वदेश पठाउन लागिएको बताइएको छ। मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल–कुवेतबीच नियमित उडान प्रभावित भएको छ।



नेपाली यात्रुहरुलाई भैरहवा लिएर आउने उक्त विमान यहाँबाट ६:१५ बजे पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्ने र त्यहाँबाट कार्गो लिएर पुनः कुवेत फर्किने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...
: साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन् । श्रमिकहरूको बढ्दो संख्या, यात्रा सहजीकरण, आपतकालीन व्यवस्थापन तथा राष्ट्रिय ध्वजावाहक सेवाको आवश्यकता औँल्याउँदै सरोकारवालाहरूले नियमित उडान विस्तारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरूका लागि हवाई सेवा केवल यात्राको विषय मात्र नभई आवश्यकता, ...
: जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न र त्यहाँ भएकालाई तुरुन्त नेपाल फर्किन आग्रह गरेको छ । बर्लिनस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै रुस र युक्रेनबीचको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेन भ्रमणमा जान लागेका नेपालीलाई अर्को सूचना नभएसम्म भ्रमण स्थगित गर्न र युक्रेनमा रहेका नेपालीलाई यथाशिघ्र सकुशल नेपाल फर्किन आग्रह गरेको हो । दूतावासले ...
। यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को अवुधावीस्थित नेपाली दूतावासले समयमा काम नगर्दा पीडित परिवार क्षतिपूर्ति र बीमा रकम पाउनबाट वञ्चित भएका हुन् । नयाँ सरकार बनेपछि पनि पीडित परिवारले न्याय नपाएपछि यूएईमा रहेका ...