मुख्य समाचार
१८१ रनको लक्ष्य पछ्याएको कर्णालीलाई १२० रनमा रोक्दै बागमतीले जित निकाले
१८१ रनको लक्ष्य पछ्याएको कर्णालीलाई १२० रनमा रोक्दै बागमतीले जित निकाले

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बागमतीले कर्णाली प्रदेशमाथि ६० रनको जित हात पारेको छ । जनकपुरधामस्थित रामजानकी मैदानमा आफूले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको कर्णालीलाई १२० रनमा रोक्दै बागमतीले जित निकालेको हो।


बागमतीको जितमा कप्तान सन्दीप लामिछाने नायक सावित भए । कर्णालीविरुद्ध ९.१ ओभर बलिङ गरेका सन्दीपले ४० रन खर्चिएर महत्वपूर्ण सात विकेट चट्काए । सन्दीपले सुनिल धमला, निश्चल रावल, विपिन शाही, अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी र दिवन पुनको विकेट लिए ।


बागमतीका रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले एक-एक विकेट हात पारे । कर्णालीका निश्चल रावलले सर्वाधिक ३१ रन बनाए । यसैगरी दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र दिवन पुनले १० रन जोडे ।


यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ३८.४ ओभरमा सबै विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । बागमतीका लागि विवेक मगरले अर्धशतकीय पारी खेले । ५६ रन बनाएका विवेकले ८० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यसैगरी बागमतीका लागि इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शिभम तिवारीले १८ रन जोडे ।

कप्तान सन्दीप लामिछानेले दुई रनमा रनआउट हुन पुगे । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका कप्तान दिवन पुनले तीन विकेट लिए । यसैगरी प्रकाश जैसी, दीपेन्द्र रावत र निश्चल रावले समान दुई-दुई विकेट हात पारे । जितसँगै बागमती अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । प्रतियोगितामा पाँच खेल खेलेको बागमतीले दुई खेलमा जित हात पार्दा अन्य तीन खेलमा हार व्यहोरेको छ ।

पहिलो खेलमा एपीएफसंग ७१ रनले हारेको बागमतीले दोस्रो खेलमा गण्डकीलाई एक सय ७० रनले हराएको थियो । तेस्रो खेलमा पुलिससंग सात विकेटले पराजय भोगेको बागमती चौथो खेलमा आर्मीसँग तीन विकेटले पराजित हुन पुगेको थियो । यसअघिका सबै खेल काठमाडौंको मुलपानी मैदानमा खेलेको बागमतीले पहिलो पटक मधेसको मैदानमा खेलेको हो ।

यता समान पाँच खेल खेलेको कर्णाली अंकतालिकाको आठौं स्थानमा छ । पहिलो खेलमा बर्षा बाधक बनेपछि लुम्बिनीसँग अंक बाँडेको कर्णाली दोस्रो खेलमा सुदूरपश्चिमसँग चार विकेटले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा कोशीलाई १६ रनले हराएको कर्णालीले चौथो खेलमा भने मधेससँग पाँच विकेटको पराजय व्यहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेस प्रदेश र त्रिभूवन आर्मी क्लब भिड्नेछन् भने वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा चैत ७ गतेदेखि जारी प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली जय ट्रफीका लागि छनौट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम