मुख्य समाचार
लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित
लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित दर्ता गरेको छ। वीरगन्जस्थित नारायणी मैदानमा सम्पन्न खेलमा लुम्बिनीले एपीएफलाई सुपर ओभरमा पराजित गरेको हो ।


लुम्बिनीले सुपर ओभरमा दिएको १५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एपीएफले ६ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका सन्तोष यादवले कसिलो बलिङ गर्दै टिमलाई आठ रनको महत्वपूर्ण जित दिलाए । प्लेयर अफ दि म्याच घोषित सन्तोषको बलिङमा एपीएफ कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किदा लोकेश बमले चार र सन्दीप जोराले एक रन मात्रै जोड्न सके ।


सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले एक विकेटको क्षतिमा १४ रन जोडेको थियो । लुम्बिनीका लागि सन्तोष यादवले आठ र देव खनालले एक रन बनाएका थिए । यसअघि निर्धारित ५० ओभरको खेलमा एपीएफले दिएको एक सय २५ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी एक सय २४ रनमै समेटिन पुगेको थियो ।



३३औं ओभरमा आठ विकेट गुमाएर एक सय १९ रन बनाएको लुम्बिनीलाई जितका लागि ६ रन आवश्यक थियो । दुई विकेट हातमा रहेको लुम्बिनीले ३४औं ओभरको अन्तिम दुई बलअघि खेल बराबरी गर्यो । उसलाई जितका लागि दुई बलमा एक रन आवश्यक थियो । तर अभिषेक गौतमले दुई बलमा लगातार सन्देश थापा र अजय चौहानको विकेट लिँदै खेललाई बराबरीमै रोके ।

एपीएफले दिएको एक सय २५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाए । अर्धशतकबाट पाँच रनले चुकेका देवले ६४ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । आकाश त्रिपाठीले ३२ र दर्श सोनारले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोडन् सकेनन् । एपीएफका रोहित पौडेलले तीन विकेट लिए भने अभिषेक गौतम, युवराज खत्री र भूवन कार्कीले समान दुई÷दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ३९.४ ओभरमा सबै विकेट गुमाएर १२४ रन जोडेको थियो । लुम्बिनीका अभिषेक गौतमले २८, ओपनर दीपक बोहोराले २०, सन्दीप जोराले १७, आशिफ शेख र लोकेश बमले समान १५ रन बनाएका थिए । कमल ऐरीले ११ रन बनाउँदा कप्तान रोहित पौडेले शूण्यमै आउट भएका थिए । एपीएफका अन्य ब्याटर चल्न सकेनन् ।

लुम्बिनीका अजय चौहानले चार विकेट लिए भने सन्तोष यादवले तीन विकेट चट्काए । यसैगरी निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट हात पारे । जितसँगै लुम्बिनी अंकतालिकाको पाँचौं स्थानमा कायम छ । पाँच खेलमा लुम्बिनीले दुई खेलमा जित र दुई खेलमा हार व्यहोर्दा एक खेल वर्षाले रद्ध भएको थियो । चैत ७ गतेको पहिलो खेलमा वर्षा बाधक बनेपछि कर्णालीसँग अंक बाँडेको लुम्बिनीले दोस्रो खेलमा कोशीमाथि एक सय ४८ रनको फराकिलो जित निकालेको थियो ।

तेस्रो खेलमा मधेससँग २५ रनले निराश बनेको लुम्बिनीले चौथो खेलमा पनि सुदूरपश्चिमसँग १२ रनले पराजय व्यहोरेको थियो । यता जारी प्रतियोगिता अन्तर्गत वीरगन्जमा पहिलो खेल खेल्दै गरेको एपीएफ तालिकाको छैठौं स्थानमा छ । एपीएफले यसअघिका चार खेल काठमाडौंस्थित मुलपानीको मैदानमा खेलेको थियो । पहिलो खेलमा चैत ८ गते बागमतीलाई ७१ रनले हराएर प्रतियोगितामा सुखद् सुरुवात गरेको एपीएफको त्यसयताका नतिजा निराशाजनक छ । दोस्रो खेलमा भएको विभागीय डर्बीमा पुलिससंग एक सय ८५ रनले पराजित भएको एपीएफले तेस्रो खेल वर्षाका कारण रद्ध हुँदा त्रिभूवन आर्मीसंग अंक बाँडेको थियो ।

चौथो खेलमा एपीएफले गण्डकीसँग ४३ रनको हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेस प्रदेश र त्रिभूवन आर्मी क्लब भिड्ने छन् भने वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम