मुख्य समाचार
इरान युद्धको ‘फिनिस लाइन’ देखियो : अमेरिकी विदेशमन्त्री
इरान युद्धको ‘फिनिस लाइन’ देखियो : अमेरिकी विदेशमन्त्री

— अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य हुने संकेत देखिएको बताएका छन्।

फक्स न्युजसँग कुराकानी गर्दै उनले इरानसँग कुनै पनि बेला सिधा भेटघाट हुनसक्ने दाबी गरे।

‘कुराकानी चलिरहेको छ, कुनै पनि बेला सिधा भेटघाट हुन सक्छ,’ रुबियोले भने, ‘हामी सधैं यसका लागि तयार छौं।’

यद्यपि, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग झुटा वा देखावटी वार्ता नगर्ने बताएका छन्।

‘राष्ट्रपति ट्रम्प इरानले झुटा वा देखावटी कुराकानी गरेर जोगिएकाे देख्न चाहनुहुन्न,’ रुबियोले भने। उनले युद्ध अन्त्यको ‘फिनिस लाइन’ देखिएको पनि उल्लेख गरे।

रुबियोले भने, ‘म कुनै समयसीमा तय गर्न चाहन्नँ, तर फिनिस लाइन देखिइरहेको छ।’

यसअघि राष्ट्रपति ट्रम्पले दुईदेखि तीन हप्ताभित्र अमेरिका इरानबाट बाहिरिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इराकको राजधानी बगदादबाट एक अमेरिकी स्वतन्त्र पत्रकार शेली किटल्सन अपहरणमा परेकी छिन् । उनलाई इरान समर्थित मिलिसिया कताइब हिजबुल्लाहले अपहरण गरेको इराकी र अमेरिकी अधिकारीहरूले बताएका छन् । उनलाई मंगलबार साँझ अपहरण गरिएको हो । किट्लेसनले अल–मोनिटर नामक समाचार संस्थाका लागि लेख लेख्दै आएकी थिइन् । सुरक्षा बलहरूले अपहरणकारीहरूलाई पछ्याउने क्रममा उनीहरूको एउटा गाडी पल्टिएको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताएका छन्। तर त्यसका लागि इरानी शासनले वर्षौँसम्म परमाणु हतियार नबनाउने कुरामा आफूहरू निश्चित हुनुपर्ने उनले उल्लेख गरेका छन्। ओभल अफिसबाट बोल्दै ट्रम्पले भने, ‘इरान सम्झौता गर्न भिख मागिरहेको छ, तर त्यो हुन्छ कि हुँदैन भन्ने कुरा अमेरिकाको समयतालिकाका लागि अप्रासंगिक छ।’ यसअघि, इरानी राष्ट्रपति मसुद पेजेशकियनले ...
: तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर भइरहेका संघर्षहरू अन्त्य गर्न अपील गरेका छन् । उनले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमा लेखेका छन्, ‘हामी इसाई धर्म, बौद्ध धर्म, इस्लाम, हिन्दू धर्म, यहूदी धर्म वा संसारका कुनै पनि महान आध्यात्मिक परम्परालाई हेरे पनि, सन्देश सधैं एउटै हुन्छ-प्रेम, करुणा, सहनशीलता र आत्म–अनुशासन ।’ दलाई लामाले थप लेखेका छन्, ‘इतिहासले ...
भारत बिहारको नालन्दा जिल्लास्थित शीतला मन्दिरमा मंगलबार अचानक भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्
: संयुक्त राज्य अमेरिका र इजराइलले एक महिनाअघि इरानविरुद्ध सुरु गरेको युद्ध अहिले आफै अनिश्चिततामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सोशल मिडिया पोस्टहरूले उथलपुथल बढाउँछन् र विश्व बजारलाई हल्लाउँछन् । यद्यपि त्यसको प्रभाव केही समयका लागि मात्रै किन नहोस् । तर केवल ट्रम्पका टिप्पणीहरूले मात्रै यस युद्धको दिशा निर्धारण गरिरहेका छैनन्, इतिहासले पनि यसमा ...