: अमेरिकाले नेपाल भ्रमणसम्बन्धी एड्भाइजरी जारी गर्दै नेपालको सुरक्षा अवस्था राम्रो भएको जनाएको छ। गत सेप्टेम्बरमा सुरू भएको जेनजी आन्दोलनको अवस्था मत्थर भएको र सुरक्षा अवस्था पनि 'स्थिर' भएको भन्दै अमेरिकाले आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको हो।
तर, नेपालका सहर केन्द्रित आन्दोलनहरू अझै छिटपुट भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा समग्र सुरक्षा अवस्था स्थिर भए पनि सम्भावित नागरिक असन्तुष्टिका कारण 'थप सतर्कता अपनाउन' एड्भाइजरीमा उल्लेख छ।
गत फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले १८२ सिट जितेको थियो। रास्वपाले अहिले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गरिसकेको छ।
प्रधानमन्त्री बालेनले सुशासन र प्राथमिकताका आधारमा अहिले सय बुँदे काम कार्यान्वयनमा ल्याउँदैछ। नेपालमा एउटै पार्टीले एकल सरकार बनाएपछि अमेरिकाले नेपालको सुरक्षा व्यवस्थाको आकलन गरेर एड्भाइजरी जारी गरेको हो।