: मकवानपुरको बागमती गाउँपालिकामा– १ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले चट्याङ लागेर अजय पहरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार चट्याङ लागेर उज्ज्वल थोकर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।