: कपिलवस्तुको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । कपिलवस्तु नगरपालिका–९ जगदीशपुरको जर्लैया जाने चोक निर लु २ ख ६४५५ टिप्परको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ९ बर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको छ ।
यसै गरी गरी कृष्णनगरमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभूमि नगरपालिका–१० का डिल्लीराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।