मुख्य समाचार
मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन
मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन

। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दियो । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्‍यो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन निदन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए ।

‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ । नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु ? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ ।’

७७ वटै जिल्लाका शिक्षा एकाइबाट १ महिनामा नतिजा निकाल्न सकिने सुझाव आएको मन्त्री पोखरेलले बताए ।

तीन महिनासम्म नतिजा कुर्न विद्यार्थीलाई गाह्रो हुने र अनावश्यक तयारी कक्षाको प्रेसर रोक्न छिटो नतिजा सार्वजनिक गर्ने निर्णयसमा सरकार पुगेको हो । एसईईपछिको ब्रिज कोर्सजस्ता तयारी कक्षामा पनि मन्त्रालयले रोक लगाइसकेको छ ।

‘विद्यार्थीको रुचि अनुसार सिक्न सक्छन । कसैले खेलकुद कसैले म्युजिक सिक्न सक्छन्,’ मन्त्री पोखरेलले भने ।

नतिजा मात्र होइन डाटा इन्ट्री र पुनर्योगको काम पनि परीक्षा केन्द्रबाट नै कसरी गर्न सकिन्छ भनेर छलफल भइरहेको मन्त्री पोखरेलले बताए ।

आगामी शैक्षिकसत्रबाट एसईई संघ, प्रदेश वा स्थानीय तह कसले सञ्चालन गर्ने भनेर छलफल पनि अगाडि बढाइएको उनले बताए ।

‘संविधानम अनुसार १२ कक्षासम्म स्थानीय तहमा गइसकेको छ । तर सल्लाह गर्दा प्रदेशले गर्दा उपयुक्त हुने सुझाव पनि आएको छ । छलफल गरिरहेका छौँ,’ मन्त्री पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाट नै गर्नेगरी निर्देशिका जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा १ महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि १ महिनामा नतिजा सार्वजनिक गर्नेगरी काम गर्न बोर्डलाई निर्देशन दिइएको थियो । सोही ...
। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (सहित)का साना दलहरूले संसद्मा सबैतिर आफ्नो उपस्थिति खोजेका छन् । २१ फागुनको निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । यी ६ वटा दलको सर्वदलीय बैठक बुधबार बसेको थियो । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म सर्वदलीय बैठक बसेको थियो ...
। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिलेको हालतमा पुग्नुको कारण विशेष महाधिवेशन रहेको टिप्पणी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा भएको छलफलमा बोल्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भदौ २३ र २४ पछि पनि अलि अल्छी भयौं । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुको कारण विशेष अधिवेशन नै हो,’ ...
मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
। नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा बसेको छलफलमा बोल्दै नेता साउदले केही भूराजनीतिक विषयमा ध्यान नपुग्दा पनि क्षति पुगेको बताएका हुन् । ‘पहिलो र दोश्रो पार्टीको गठबन्धन बनेर काम गर्न सकिएन,’ उनले ...