मुख्य समाचार
ट्रम्पले इरानविरुद्धको कडा अभिव्यक्ति दिँदै ह्वाइट हाउसबाट सम्बोधन गरेलगत्तै विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ
ट्रम्पले इरानविरुद्धको कडा अभिव्यक्ति दिँदै ह्वाइट हाउसबाट सम्बोधन गरेलगत्तै विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कडा अभिव्यक्ति दिँदै ह्वाइट हाउसबाट सम्बोधन गरेलगत्तै विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ । यो सम्बोधन इरानमा जारी युद्धसँग सम्बन्धित थियो ।

ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र इरानमा कडा सैन्य कारबाही हुने चेतावनी दिएका छन् । ‘हामी उनीहरूलाई अत्यन्त कडा प्रहार गर्नेछौं,’ भन्दै उनले इरानलाई ‘ढुंगे युग’मा फर्काइदिने अभिव्यक्ति समेत दिएका छन् ।

बीबीसीका अनुसार, ट्रम्पले सम्बोधन सुरु गर्नुअघि बेंचमार्क ब्रेन्ट क्रुड तेलको मूल्य करिब प्रति ब्यारेल १०० डलरको हाराहारीमा थियो । सम्बोधन समाप्त भएपछि भने तेलको मूल्य करिब ४ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल १०५.३८ डलर पुगेको छ ।

ट्रम्पले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) सम्बन्धी कुनै घोषणा गर्न सक्ने अपेक्षा गरिएको थियो । तर त्यसबारे कुनै अपडेट नआएपछि तेलको मूल्य बढेको देखिएको बीबीसीले जनाएको छ ।

होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने विश्वको करिब २० प्रतिशत ऊर्जा व्यापार यही साँघुरो समुद्री मार्गबाट हुने गर्छ ।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले संयुक्त आक्रमण सुरु गरेयता यो मार्ग लगभग बन्दजस्तै अवस्थामा छ, किनकि इरानले अमेरिकी र इजरायली हवाई आक्रमणको जवाफस्वरूप यस मार्ग हुँदै जाने जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

सम्झौता नभए ऊर्जा संरचनामा हमला गर्ने चेतावनी

ट्रम्पले वार्ताबाट समाधान ननिस्किए इरानका मुख्य विद्युत् उत्पादन केन्द्रहरूमा आक्रमण गरिने चेतावनी दिएका छन् । ‘यदि सम्झौता भएन भने हामी सबै प्रमुख विद्युत् संयन्त्रहरूलाई एकैपटक कडा प्रहार गर्नेछौं,’ उनले भनेका छन् ।

एनले हालसम्म इरानको तेल पूर्वाधारलाई हमला नगरेको जिकिर गरे । ‘हामीले तेलमा हमला गरेका छैनौं, किनकि त्यसले उनीहरूको पुनर्निर्माणको सम्भावना नै समाप्त पार्ने थियो,’ उनले स्पष्ट पारे ।

इरानको सैन्य क्षमतामा ‘गम्भीर क्षति’ भएको दाबी

ट्रम्पले अमेरिकी कारबाहीले इरानको नौसेना, वायुसेना र क्षेप्यास्त्र कार्यक्रमलाई लगभग ध्वस्त पारेको दाबी गरेका छन् । ‘इरानको नौसेना समाप्त भइसकेको छ, वायुसेना पनि निष्क्रिय छ र क्षेप्यास्त्र क्षमता लगभग समाप्त भइसकेको छ,’ उनले भने ।

उनका अनुसार यी कारबाहीले इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रभाव विस्तार गर्ने क्षमतालाई गम्भीर रूपमा कमजोर बनाएको छ ।

सहयोगी खाडी मुलुकको प्रशंसा

ट्रम्पले प्रारम्भिक रूपमा कूटनीतिक समाधान नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । तर इरानले आणविक हतियारको खोज जारी राखेको र सम्झौताका प्रयास अस्वीकार गरेको आरोप लगाए ।

इजरायल, साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइनलगायत सहयोगी राष्ट्रहरूको समर्थनको प्रशंसा गर्दै उनले भने, ‘हामी उनीहरूलाई कुनै पनि हालतमा असफल हुन दिने छैनौं ।’

ट्रम्पको अभिव्यक्तिले युद्ध चाँडै निर्णायक मोडमा पुग्न सक्ने संकेत गरेको छ । एकातिर कूटनीतिक वार्ता जारी रहेको छ भने अर्कोतर्फ कडा सैन्य विकल्प खुला राखिएको छ । यसले होर्मुज जलडमरूमध्य, वैश्विक ऊर्जा आपूर्ति र तेल मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...