मुख्य समाचार
ह्‍यारी ब्रूक र जेकब बेथेललाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी
ह्‍यारी ब्रूक र जेकब बेथेललाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी

। इंग्ल्यान्डका क्रिकेटर ह्‍यारी ब्रूक र जेकब बेथेललाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी दिइएको छ।

इंग्ल्यान्डको स्वतन्त्र निकाय क्रिकेट रेगुलेटरले दुवै खेलाडीले नियम उल्लङ्घन गरेको ठहर गर्दै ‘कसन नोटिस’ जारी गरेको हो। यसअनुसार उनीहरूलाई अन्तिम चेतावनी दिइएको छ र आगामी तीन वर्षसम्म यो रेकर्डमा रहनेछ।

घटना अनुसार, ब्रूकले न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलअघि राति मदिरा सेवन गरेका थिए र एक नाइट क्लबमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेको बताइएको छ। सुरुमा उनी एक्लै भएको बताएका थिए, तर पछि बेथेल र जोश टंग पनि सँगै रहेको स्वीकार गरेका थिए।

इंग्ल्यान्ड क्रिकेट बोर्डले ब्रूकलाई आन्तरिक रूपमा जरिवाना गरेको थियो तर सार्वजनिक गरिएको थिएन। यो घटना पछि मात्र सार्वजनिक भएको हो।

यस घटनापछि टोलीमा अनुशासन कायम गर्न इंग्ल्यान्डले राति १२ बजेको कर्फ्यु नियम लागू गरेको छ, जुन आगामी खेलहरूमा पनि जारी रहने अपेक्षा गरिएको छ।

यस घटनामा टंगलाई भने थप कारवाही गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए । ४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए । जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक ...
। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ५७औं मिनेटमा कर्टिस जोन्सको गोलमार्फत अग्रता लिएको लिभरपुलले उक्त अग्रता धेरैबेर जोगाउन सकेन । ६३औं मिनेटमा केभिन स्केडले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट थप गोल हुन सकेनन् । इजिप्टियन फरवार्ड मोहमद सालाहको यो लिभरपुलका लागि ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे । खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि ...
। इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सिटीलाई भिल्लाले २-१ गोलअन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि सिटीले जोगाउन सकेन । खेलको २४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले २ गोल फर्कायो । ४६औं र ...
। टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो । टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेनन् । जितपछि टोटनहम ३८ खेलमा ४१ अंक जोडेर १७औं स्थानमा रहेर सिजन फिनिस ...