मुख्य समाचार
छोराछोरीलाई निःशुल्क शिक्षा भए सशस्त्रमा जागिर छाड्ने कम हुन्थे : महानिरीक्षक अर्याल
छोराछोरीलाई निःशुल्क शिक्षा भए सशस्त्रमा जागिर छाड्ने कम हुन्थे : महानिरीक्षक अर्याल

। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीका परिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य सरकारले निःशुल्क गरिदिए जागिर छाड्नेको संख्या कम हुने बताएका छन् ।

स्वयम्भूस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालय निरीक्षण गर्न बुधबार पुगेका गृहमन्त्री सुधन गुरुङसँग अर्यालले यस्तो बताएका हुन् ।

सरकारले उपलब्ध गराउने तलब सुविधाले तल्लो तहका सशस्त्र प्रहरीले परिवार पाल्न र बालबच्चाको खर्च चलाउन समेत कठिनाइ हुँदा १६ वर्षमै अवकाश जान सकियो भने विदेश गई केही आर्थिक अवस्था सुधार गर्न सकिन्छ भन्ने आशामा जागिर छाड्नेको संख्या बढ्दै गएको उनले सुनाए ।

दिनभरि ड्युटी गर्ने सिपाहीले आफ्नो घर परिवार चलाउन समेत आर्थिक अवस्था कमजोर भएपछि उसको मनोवल कमजोर हुने हुँदा यसबारेमा सरकारले आवश्यक पहल गर्नुमा आफू विश्वस्त रहेको उनले बताए ।

महानिरीक्षक अर्यालले १३ वर्षसम्म एउटै पदमा रही काम गरिरहेका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल समेत कमजोर भएको भन्दै सशस्त्र प्रहरी नियमावलीमा भएको व्यवस्थालाई परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

उनले नियमावली परिवर्तन गरी तल्लो तहका कर्मचारीहरू अवकाश जाँदा कम्तीमा जुनियर अधिकृतसम्म बन्न सक्यो भने कार्यक्षेत्रमा उच्च मनोबलका साथ परिचालन हुने बताए।

अर्यालले भने, ‘सशस्त्र प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्न तथा समयानुकूल सुदृढीकरणका लागि २०५८ को विशेष नियमावलीहरूलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका विषयमा स्पष्ट कानुनी व्यवस्थाको प्रस्ताव समेत पेश गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाट नै गर्नेगरी निर्देशिका जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा १ महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि १ महिनामा नतिजा सार्वजनिक गर्नेगरी काम गर्न बोर्डलाई निर्देशन दिइएको थियो । सोही ...
। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (सहित)का साना दलहरूले संसद्मा सबैतिर आफ्नो उपस्थिति खोजेका छन् । २१ फागुनको निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । यी ६ वटा दलको सर्वदलीय बैठक बुधबार बसेको थियो । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म सर्वदलीय बैठक बसेको थियो ...
। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिलेको हालतमा पुग्नुको कारण विशेष महाधिवेशन रहेको टिप्पणी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा भएको छलफलमा बोल्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भदौ २३ र २४ पछि पनि अलि अल्छी भयौं । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुको कारण विशेष अधिवेशन नै हो,’ ...
मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
। नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा बसेको छलफलमा बोल्दै नेता साउदले केही भूराजनीतिक विषयमा ध्यान नपुग्दा पनि क्षति पुगेको बताएका हुन् । ‘पहिलो र दोश्रो पार्टीको गठबन्धन बनेर काम गर्न सकिएन,’ उनले ...