मुख्य समाचार
इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

। इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो ।

सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको छ । भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् ।

हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ ।

भग्नावशेषले पुरिएर एक जनाको मृत्यु

स्थानीय खोज तथा उद्धार टोलीका अनुसार भवनको भग्नावशेषले थिचिएर ७० वर्षीया एक महिलाको मृत्यु भएको छ । मृतक उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी बासिन्दा हुन् ।

उद्धारकर्मीहरूले सुलावेसी टापुको उत्तरी छेउमा रहेको मनाडो शहरमा नराम्ररी क्षतिग्रस्त भएको एउटा भवनको भिडियो पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद समितिले व्यवस्थापन गरेको उक्त भवनको भग्नावशेषमा मानिसहरू जम्मा भएको देखिन्छ । घरभित्रका फर्निचरहरू बाहिर हुत्तिएका छन् भने कतिपय धातुका संरचनाहरू बाङ्गिएका छन् ।

थप पराकम्पहरूको सम्भावना

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्पहरू गइसकेका छन् । राष्ट्रिय भूगर्भ एजेन्सीले अझै थप पराकम्पहरू आउन सक्ने अनुमान गरेको छ ।

एजेन्सीले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ, ‘अहिलेसम्म भवनहरूमा क्षति पुगेको र मानिसहरू घाइते भएको रिपोर्टहरू आएका छन् ।’



इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्प र ज्वालामुखी जोखिम क्षेत्रमा पर्दछ ।

एजेन्सीले सर्वसाधारणलाई तटीय क्षेत्र र पहिरो जान सक्ने ठाउँबाट टाढा रहन तथा सुरक्षित निकासका संकेतहरू पछ्याउन सल्लाह दिएको छ ।

जापानद्वारा समुद्री सतहमा सामान्य परिवर्तनको पूर्वानुमान

जापानको मौसम विज्ञान एजेन्सीले यो भूकम्पका कारण तटीय क्षेत्रमा ‘समुद्री सतहमा सामान्य परिवर्तन’ हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ । शिजुओका, ओकिनावा र होक्काइडो लगायतका क्षेत्रहरूमा यो परिवर्तन देखिन सक्ने बताइएको छ । तर सुनामीबाट ठूलो क्षति नहुने अनुमान छ ।

मनाडो र टेर्नेट कहाँ पर्छन् ?

आज बिहानको भूकम्पको केन्द्रविन्दुको सबैभन्दा नजिक मनाडो र टेर्नेट शहरहरू थिए ।

भूकम्प मोलुका सागरमा टेर्नेटबाट करिब १२० किलोमिटर पश्चिम र मनाडोबाट करिब १६० किलोमिटर पूर्वको बीचमा गएको थियो । मनाडो सुलावेसी टापुमा अवस्थित छ भने टेर्नेट मालुकु टापु समूहको एक सानो टापु हो ।

मोलुका सानो तर घना बस्ती भएको टापु हो । यहाँ २ लाख ५ हजारभन्दा बढी मानिस बसोबास गर्छन् । यो टापु आफ्ना प्राचीन किल्लाहरू, ज्वालामुखी दृश्यहरू र फराकिला समुद्री तटहरूका लागि परिचित छ ।

सन् २०२२ मा ६ सय बढीको ज्यान गएको थियो

इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्प र ज्वालामुखी जोखिम क्षेत्रमा रहेका कारण यहाँ बारम्बार यस्ता प्राकृतिक प्रकोपहरु जाने गर्दछन् ।

सन् २०२२ मा इण्डोनेसियाको जाभा टापुको सियानजुर शहरमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६०२ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०१८ को सुलावेसी भूकम्प र सूनामीले ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् २००४ मा, अत्यन्त शक्तिशाली हिन्द महासागर भूकम्पबाट पनि इण्डोनेसियाको आचे प्रान्तमा ठूलो मानवीय क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...