मुख्य समाचार
पोर्चुगलमा नेपालीको कानुनी समस्या समाधान गर्न समकक्षीलाई परराष्ट्रमन्त्रीले गरे आग्रह
पोर्चुगलमा नेपालीको कानुनी समस्या समाधान गर्न समकक्षीलाई परराष्ट्रमन्त्रीले गरे आग्रह

। परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका राज्य तथा विदेशमन्त्री पाउलो रान्जेलसँग त्यहाँ रहेका नेपाली नागरिकले भोगिरहेको कानुनी तथा प्रक्रियागत समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

बुधबार दुई मन्त्रीबीच भएको टेलिफोन वार्तामा मन्त्री खनालले सो आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, नयाँदिल्लीस्थित पोर्चुगल र नेपालको दूतावासबाट प्रमाणीकरण गरिएको भनिएका सक्कली कागजात, विशेषगरी ‘प्रहरी रिपोर्ट’ (पुलिस क्लियरेन्स सर्टिफिकेट) मा नक्कली छाप लगाइएका कारण हाल पोर्चुगलमा २ हजारभन्दा बढी नेपालीले प्रक्रियागत र कानुनी झमेलाको सामना गरिरहेका छन् । मन्त्री खनालले मानवीय दृष्टिबाट पनि ती नेपालीको अवस्थामाथि पुनर्विचार गरिदिन समकक्षी रान्जेललाई अनुरोध गरेका थिए ।

टेलिफोन वार्ताका क्रममा पोर्चुगलका विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । उनले प्रभावित नेपाली नागरिकको समस्यालाई मानवीय दृष्टिकोणबाट समीक्षा गर्न सम्बन्धित निकायहरूसँग सकारात्मक रूपमा अनुरोध गर्ने आश्वासन दिएको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

साथै, कुराकानीका क्रममा मन्त्री रान्जेलले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा दुवै देशका मन्त्रीले नेपाल र पोर्चुगलबीचको राम्रो द्विपक्षीय सम्बन्ध रहेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुबीच जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि (आईटी) जस्ता क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् । केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।
। प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा ...
। प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।
। नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाए । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई बधाई दिँदै सरकारको काम गुण र ...
। राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका ...