मुख्य समाचार
विशेष महाधिवेशन पक्षधर पुराना सबै सक्किउन र आफ्नो बाटो खुलोस् भन्नेमा रहेको दाबी
विशेष महाधिवेशन पक्षधर पुराना सबै सक्किउन र आफ्नो बाटो खुलोस् भन्नेमा रहेको दाबी

। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पक्षधर पुराना सबै सक्किउन र आफ्नो बाटो खुलोस् भन्नेमा रहेको दाबी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरले राखेको छलफल कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् ।

‘विशेषवालाहरू पुराना सबै सक्किउन र हाम्रो बाटो खुलोस् भन्नेमा छन्,’ उनले भने, ‘आउने नियमित अधिवेशन सबैको साझा बनाएर गर्ने भए कुरा मिल्नसक्छ, नत्र मिल्दैन ।’

अहिलेको राजनीतिक परिस्थिति कांग्रेसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा प्रतिकूल भएको उनले बताए । सरकार र पार्टी सञ्चालनमा पनि केही कमजोरी भएको उनले औँल्याए ।

चुनावमा पनि कांग्रेसलाई ‘पहिलो हुन्छौँ’ भनेर झुक्याएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ । महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा रहेको ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाउँदै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, १६ थान कौडा बरामद भएको छ । सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गरेको भिल्लाको ...
। राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था ...
। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् । केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।
। प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा ...
। प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।