मुख्य समाचार
पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन नै कांग्रेसमा विवाद झिकिएको टिप्पणी
पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन नै कांग्रेसमा विवाद झिकिएको टिप्पणी

। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन नै कांग्रेसमा विवाद झिकिएको टिप्पणी गरेका छन् । बुधबार आफूपक्षीय नेताहरूको बैठकमा बोल्दै नेता खड्काले विशेष महाधिवेशन पक्षधरमाथि रास्वपा जिताउन पार्टीभित्र विवाद झिकेको आशय व्यक्त गरेका हुन् ।

‘कांग्रेसलाई यो ठाउँमा नपुर्‍याइकन रास्वपा यहाँ पुग्दैन थियो,’ बैठकमा खड्काले भने । आधिकारिक कांग्रेस शेरबहादुर देउवा नेतृत्वमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै रहेको उनले दाबी गरे । उनले भने, ‘आधिकारिक कांग्रेस हामी नै हौं र, अहिलेको समस्याको समाधान हामीले नै गर्ने हो ।’




अदालतबाट जेसुकै फैसला भएपनि वैधानिक कांग्रेस आफू नै भएको उनले बताए । इकाईदेखि पालिका, क्षेत्र, जिल्ला र प्रदेशसम्म पनि १४ औँ महाधिवेशनबाटै निर्वाचित कार्यसमितिहरू क्रियाशील रहेको उनले औँल्याए ।

‘अब हामीले चुनावी कुरा नगरी अब सबैलाई एक बनाएर जानुछ, किनभने हामीले कांग्रेस एक पनि बनाउनु छ,’ उनले भने, ‘कांग्रेसले जे–जे कुरालाई आफ्नो मूल्यमान्यता मान्थ्यो र देशले लोकतन्त्र मानेको छ, त्यो अहिले डिलमा पुगेको छ । त्यो फर्काउने जिम्मा कांग्रेसलाई नै छ ।’ त्यसैले पनि वृहत् एकता जरुरी रहेको उनले बताए ।




आफूहरूले पाउनुपर्ने जति पाइसकेको बताउँदै खड्काले अब पार्टीमा लागेका युवाहरूका लागि बलियो कांग्रेस बनाउन आफू कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ । महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा रहेको ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाउँदै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, १६ थान कौडा बरामद भएको छ । सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गरेको भिल्लाको ...
। राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था ...
। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् । केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।
। प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा ...
। प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।